नेपाल–भारत सिमा विवाद कुटनीतिक रुपमा समाधान हुनुपर्छ : महासंघ

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ असार ७, आईतबार


काठमाण्डौ । नेपाल भारतबीचको सिमा विवादलाई कुटनीतिक तरिकाले टुङ्गो लगाउनुपर्ने विश्व हिन्दू महासंघले जनाएको छ । 

महासंघले विज्ञप्ति जारी गर्दै परापूर्वकालदेखि स्वतन्त्र रहँदै आएको नेपालमा कहिलेपनि विदेशी झण्डा नफहराएको जनाउँदै नेपालको एकिकरणदेखि नै आफ्ना निकटतम छिमेकी तथा टाढाका मित्रहरुसँग समेत सधैँ समदूरीको सन्तुलित कुटनीति अपनाउँदै आएको जनाएको छ । 

महासंघकी महासचिव अस्मिता भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साँध–सिमाना जोडिएका देशहरुबीचमा सिमा विवाद हुनु स्वभाविक हो । सिमा विवादलाई अनावश्यक रुपमा व्याख्या गरी यसबाट सम्बन्धित मित्र राष्ट्रहरुसँग आँच आउने अभिव्यक्तिले हाम्रो धर्म, सँस्कृति, प्रथा, परम्परा र आर्थिक, सामाजिक मूल्य मान्यता, रीतिरिवाज, जीवनशैली धार्मिक तथा आध्यात्मिक एकतामा समेत खलल पुग्ने भएकाले यस्तो विवादलाई कुटनीतिक तरिकाले टुङ्गो लगाउन नेपाल र भारत दुवै तयार हुनुपर्दछ ।’

महासंघले हाल लिम्पियाधुरा, लिपुलेक र कालापानी सिमा विवादका कारण नेपाल–भारत पारस्परिक सम्बन्ध तथा धार्मिक आध्यात्मिक एकतामा आँच आउन नदिन दुवै सरकारबीच समझदारी कायम गरी समन्वयात्मक रुपमा भूमिका गर्न समेत अनुरोध गरेको छ । 
 

You may also like: