उपत्यकामा सवारी चाप घट्यो

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ श्रावण २४, शनिबार


काठमाण्डौ  । सार्वजनिक तथा निजी सवारी साधनमा सरकारले लागू गरेको जोर विजोर प्रणालीका कारण शनिबार उपत्यकामा सवारी चाप कम देखिएको छ । 

जोर विजोर प्रणालीमा सवारी सञ्चालन, संक्रमणको जोखिम बढ्नु र अत्यावश्यक बाहेकका सेवाहरु बन्द भएका कारण सवारीको चाप कम देखिएको हो ।

पछिल्लो केही दिनयता उपत्यकामा संक्रमणको दर बढ्न थालेपछि सरकारले सवारी सञ्चालनमा जोर विजोर प्रणाली सुरु गरेको थियो । 

उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले शुक्रबार बैठक गरी अत्यावश्यक बाहेकका सेवाहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेका थिए । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता वितरण, हातहतियार दर्ता नविकरण, संस्था दर्ता नविकरण, निजी सुरक्षा कम्पनी नविकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरणलगायतका सेवाहरु तत्कालका लागि बन्द भएका छन् । 

You may also like: