काठमाडौं उपत्यकाका थप ९२ जनामा कोरोना संक्रमण

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ श्रावण २५, आईतबार


काठमाण्डौ । काठमाण्डौ उपत्यकाका थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लाका ९० र ललितपुर जिल्लाका दुईजनामा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय प्रयोगशाला टेकुमा काठमाण्डौका ४४ जना र ललितपुरका एकजनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । 

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डौ १८ जनामा संक्रमण पुष्टि भएको थियो ।

पाटन अस्पतालको प्रयोगशालामा काठमाडौंंका पाँच, ह्याम्स प्रयोगशालामा काठमाण्डौका आठ, नेपाल कोरिया मैत्री अस्पतालमा काठमाण्डौका एक र वीरेन्द्र अस्पताल प्रयोगशालामा काठमाण्डौका एकजनामा संक्रमण पुष्टि भएको हो ।