गोंगबु घटना : हत्यारा खोज्न एसपीको नेतृत्वमा ५ टोली परिचालन

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ श्रावण २६, सोमबार


काठमाण्डौ । एक पुरुषको विभत्स रुपमा हत्या गरी गोंगबु/टोखा क्षेत्रमा फ्याँकेर भागेका हत्याराको खोजी गर्न महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीको नेतृत्वमा ५ वटा टोली परिचालन गरिएको छ ।

कार्कीको नेतृत्वमा महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जबाट हत्यारा खोज्न ५ टोलीलाई तैनाथ गरिएको हो । महाशाखा प्रमुख एसएसपी दिपक थापाले हत्यारा पत्ता लगाउन सुरक्षा संयन्त्रलाई परिचालन गरिएको बताए । शनिबार राती खुँडा प्रहार गरी एक पुरुषको हत्या गरेर टोखा नगरपालिका–१०, नवज्योती मार्गमा फ्याकिएको स्थानमा शव भेटिएको थियो ।

आइतबार बिहानै पार्किङ गरी राखेका ट्याक्सी र मारुती भ्यानको बीचमा सुटकेस फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरीले सुटकेस खोलेर हेर्दा टाउको र घुँडामुनी दुवै खुट्टा काटिएको अवस्थामा एकजना पुरुषको शव फेला पर्‍यो । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोली थप अनुसन्धानमा जुटे । प्रहरीको डग स्कुलबाट कुकुर पनि ल्याइयो । टाउको र खुट्टा बिनाको मृत शरीर भएकाले अनुसन्धानमा अलमलिएको प्रहरीलाई सहयोग गर्न डग स्कुलबाट ‘ब्लन्ट हन्ट’ कुकुर झिकाइएको थियो । ब्ल्नट हन्ट केही वर्ष अघिमात्रै प्रहरीले किनेको कुकुर हो ।

अनुसन्धानमा खटिएको टोली कुकुर अघि लगाएर बेपत्ता बनाइएको टाउको र खुट्टा अनि फरार व्यक्तिको खोजीमा जुटे । केहीबेरमै व्लन्टले सुटकेस भेटिएको ठाउँबाट करिब ३ सय मिटरपर स्वर्गद्धारी मार्गमा प्लास्टिकको झोलामा बेरिएको अवस्थामा टाउको र दुइटै खुट्टा फेला पार्‍यो । (आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ । )

You may also like: