कोरोना बारे गलत अफवाह फैलाउने व्यक्ति पक्राउ

अनन्त सन्देश
२०७७ भाद्र २२, सोमबार

काठमाण्डौ । आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बुलाई कोरोनाबाट मत्यु भएका व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका छन् ।
लिम्बुले केही समययता विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा दिँदै कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको अंग निकालिने गरेको बताउँदै आएका थिए ।
उनलाई गलत सूचना सम्प्रेषण गरी आम नागरिकमा अफवाह फैलाएको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ परेको हो । ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लिम्बुविरुद्ध अफवाह फैलाएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । लिम्बुलाई यसअघि पनि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले पक्राउ गरेको थियो ।
पछिल्लो समय विभिन्न माध्यममा अन्तरवार्ता दिँदै उनले कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु र पोष्टमार्टम नहुनु पछाडिको कारण गोप्य रुपमा अंग झिक्न हो भनेर दाबी गर्दै आएका थिए ।