कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टी  

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ भाद्र २३, मंगलबार


काठमाण्डौ । कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको हो ।

उनले आफूमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन् । महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सामान्य छ । कोरोनाको कुनै लक्षण देखिएको छैन । ‘आज गरिएको परीक्षणका क्रममा ममा कोरोना संक्रमण पुष्टि भएको छ ।’ कोइरालाले भनेका छन् ।

चिकित्सकहरुको सल्लाहअनुसार कोइराला होम आइसोलेसनमा बसेका छन् । उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक सजगता अपनाउन अनुरोधसमेत गरेका छन् ।