भक्तपुरमा तत्काल सार्वजनिक यातायात सञ्चालन नहुने

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ भाद्र २६, शुक्रबार



भक्तपुर । काठमाण्डौ उपत्यकाका जिल्ला प्रशासन कार्यालय जारी गरेको निषेधआदेश खुकुलो बनाएर जोर विजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भनिएतपनि भक्तपुर नगरपालिकाले भने यो निर्णय कार्यान्वयन नगर्ने भएको छ । 

काठमाण्डौ उपत्यका कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेकै अवस्थामा प्रशासनले खुकुलो बनाएपनि यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नसकिने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । 

नगरपालिकाले नगरपालिकाभित्रका यातायात व्यवसायीसँग छलफल गरी ३१ भाद्रसम्म कुनैपनि सार्वजनिक सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय गरेको छ । तर उद्योग व्यवसाय भने पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी प्रशासनको आदेशअनुसार सञ्चालन गर्ने निर्णय भएको छ । हाल नगरपालिका क्षेत्रमा दुई सय १३ जनाभन्दा धेरै संक्रमित छन् ।