संविधान प्रदत्त अधिकारमा सहज पहुँचको अझै पनि अभाव : प्रधानन्यायाधिस राणा

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ अश्विन ३, शनिबार


काठमाडौं । प्रधान न्यायाधिस चोलेन्द्र शम्शेर ज.ब.रा.ले कोभिड–१९ को कारण संविधानप्रदत्त हक अधिकार र आधारभूत सुविधाको प्राप्ति एवम् न्यायको पहुँचमा कठिनाई उत्पन्न भएको बताउनुभएको छ ।

आज संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले सो कुरा बताउनुभएको हो । साथै उहाँले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै भरोसायोग्य न्यायप्रणालीको स्थापना र संविधानको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

संविधानलाई राज्य सञ्चालनको कानूनी दस्ताबेज मात्र नभएर जनताको जीवन पद्धतिको रूपमा लिनुपर्ने मान्यताको विकास गर्न आवश्यक भएको उहाँकोँ जोड छ । नेपालको संविधानले प्रत्याभूत गरेका हक अधिकारको सुनिश्चितता गर्दै आम नागरिकमा सुशासनको अनुभूति दिलाउन राज्यका सबै निकायहरूले योगदान दिन सक्नुपर्ने शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

नेपालको संविधानको मुख्य उद्देश्य नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा सामाजिक न्याय सहितको समृद्धिको आकांक्षा पूरा गर्नु रहेको सन्देशमा उल्लेख गरिएको छ ।

You may also like: