लोकतन्त्र खतरामा पर्न सक्ने संकेत आयो : महासचिव बिष्ट 

अनन्त सन्देश
अनन्त सन्देश

२०७७ पौष २५, शनिबार


काठमाण्डौ । नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले पछिल्लो समय लोकतन्त्र खतरामा पर्ने संकेत देखिएको बताउनुभएको छ । लोकतन्त्र बिना अभिव्यक्ति स्वतन्त्रता हनन् हुने र स्वतन्त्र पत्रकारितालाई समेत आघात पुग्ने बिष्टले बताउनुभयो । नेपाल पत्रकार मञ्चको छैठौ महाधिवेशन भच्र्यूल माध्यमबाट आज उद्घाटन गर्दै बिष्टले उक्त कुरा बताउनुभएको हो । 

पत्रकार सुरक्षा, वृत्ति विकास र क्षमता विकासका क्षेत्रमा पत्रकार मञ्चले उल्लेख्य काम गरेको बताउँदै बिष्टले मञ्चका क्रियाकलापले नेपाली पत्रकारिताको उत्थानमा सहयोग पुगेको समेत बताउनुभयो । ‘नेपाली जनजीवनका सवालको उठान गर्दै देशको सार्वभौमिकताका पक्षमा नेपाली पत्रकारको कलमलाई बलियो बनाउन मञ्चले आफ्ना सदस्यहरुलाई प्रेरित गर्ने र पत्रकारको पेशागत सुरक्षामा सदैब अग्रपङ्तिमा रहनेछ भन्ने महासंघको विश्वाश छ ।’ सहासचिव विष्टको भनाइ थियो । 

उक्त कार्यक्रममा नेपाल टेलिभिजनकी नायव महाप्रबन्धक आरती चटौतले व्यवसायिक पत्रकारिताले नै समाज रुपान्तरमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पत्रकारिताले सामाजिक उत्तरदायित्वलाई समेत आत्मसाथ गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल पत्रकार मञ्चले कोभिड–१९ को संक्रमणका बेला पत्रकारको सुरक्षाका निम्ति समेत विशेष कार्यक्रमहरु आयोजना गर्नु महत्वपूर्ण संस्थागत कार्य भएको बताउनुभयो ।
कोभिड–१९ को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै नेपाल पत्रकार मञ्चको आज आयोजना गरिएको भच्र्यूल महाधिवेशनमा 

मञ्चका सदस्यहरु काठमाडौं बाहिर पनि रहेका र विदेशमा भएका सम्पर्क समितिहरुले समेत महाधिवेसनमा सहभागिता जनाउन इच्छा जनाएकाले सो प्रणालीबाट महाअधिवेशनको कार्यक्रम अघि बढाइको मञ्चका अध्यक्ष युवराज विद्रोहीले जानकारी दिनुभयो । महामारीका कारण भौतिक उपस्थिति गराउँदा सीमित व्यक्तिलाई मात्र सहभागी गराउन पाइने भयो । भच्र्यूल गर्दा महाधिवेशन गर्दा इच्छुक देश विदेशमा भएका सबैलाई कार्यक्रममा सहभागिता जनाउन र आगामी कार्यकालका लागि नेतृत्व दावी गर्न पाउने भएकोले यो विधि उपयुक्त भएको अध्यक्ष विद्रोहीको भनाइ छ ।  

कार्यक्रमको दोश्रो सत्रमा महासचिव विमल थापाले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमला नेपालले आर्थिक प्रतिवेदन पेश गर्नुभयो । ती प्रतिवेदनहरु सर्वसम्मतिबाट स्वीकृत भएका थिए । 

महासचिव थापाकाअनुसार मञ्चमा हाल २ सय जना सदस्यहरु रहेका र जसमध्ये काठमाडौंबाहिर करिब ५० जना र देशबाहिर करिव २५ जना सदस्यहरु रहेका छन् । यसैगगरी, संयुक्त राज्य अमेरिका, कोरिया, क्यानाडालगायत देशमा मञ्चका सम्पर्क समिति छन् । आइतबार नयाँ कार्यसमिति चयन गर्दै महाधिवेशन सकिनेछ .

You may also like: