नेपाल सम्भावनाको उर्वर भूमि हो : ऋषिराम अधिकारी

विमल थापा
विमल थापा

२०७५ कार्तिक २५, आईतबार


सम्भावना जहाँकहि पनि हुने गर्दछ । यदि आत्मविश्वास, धैर्यता र लगनशीलता छ भने नेपालमा जुनसुकै क्षेत्रमा व्यवसायिक सम्भावना रहेको छ । युवापुस्तामा देखिएको नकारात्मक सोच र चिन्तनलाई यदि बदल्न सकियो भने नेपाललाई समृद्धको बाटोबाट अगाडि बढाउन खासै चुनौती छैन । अत्यन्तै उत्साहपूर्ण र सिर्जनात्मक सोचका साथ नेपाल पठन सँस्कृतिलाई विकास गर्ने अभियानमा क्रियाशील युवा किताव यात्राका संस्थापक ऋषिराम अधिकारीसँग अनन्त सन्देशका विमल थापाले गरेको विशेष कुराकानीको सम्पादित अंश ।

तपाईले नेपालमा पुस्तकको व्यापारमा नयाँ सम्भावना देखेर लाग्नुभएको छ ? यो अवधारणा कस्तो हो ?
किताव यात्रा भनेको अनलाइन बुक सेलिङ प्लेटफर्म हो । प्रविधिको प्रयोग गरेर जतिपनि नेपालमा छरिएर बस्नुभएको नेपालीहरु हुनुहुन्छ, उहाँहरुको घरदैलोसम्म किताब पु¥याउने हाम्रो अभियान हो । यसमा हामीले विभिन्न प्लेटफर्महरु प्रयोग गर्दछौ । काठमाण्डौबाट प्रकाशित भएका जतिपति कृतिहरु छन्, त्यो मोफसलमा पुग्दाखेरि समय लाग्ने गरेको छ, त्यसलाई कमी गर्ने र जहाँ किताबहरु पुग्न सकेको छैन । त्यहाँसम्म किताबहरु विशेष गरेर साहित्यका पुस्तकहरु घर–घरमा पु¥याउने काम हामीले गर्दै आएका छौं ।

तपाईहरुले अहिले घरघरमा पु¥याउने पुस्तकहरु नेपाली भाषाका मात्र हुन्छन् कि अरु पनि भाषाका हुन्छन् ?
हामीले नेपाली भाषाका मात्र होइन अन्य भाषाभाषीमा प्रकाशित पुस्तकहरुलाई पनि समावेश गर्दै आाएका छौं । खासगरी नेपालबाट प्रकाशित हुने हिन्दी, मैथिली तथा भोजपुरी भाषाका पुस्तकहरुलाई हामीले पाठकहरु समक्ष पु¥याउँदै आएका छौं । यहाँसम्म कि, हामीले विदेशी भाषाका पुस्तकहरुलाई समेत समेटेर यो कार्यलाई अगाडि बढाइरहेका छौं । हामी चाहन्छौ कुनैपनि पुस्तक पढ्नको निम्ति घरमै बसेर यो सेवा प्राप्त गर्न सक्नुहोस् भन्ने नै हो । यो सँस्कृति विदेशमा धेरै अगाडिदेखि सुरु भएको हो । तर नेपालमा अहिलेसम्म पनि नभएकाले हामीले पठन सँस्कृतिलाई पनि विकास गर्न खोजिरहेका छौं ।

तपाईले नेपालमा यस्तो अवधारणाको सम्भावना कसरी देख्नुभयो ? के कुराले गर्दा तपाईलाई यतातर्फ लाग्न प्रेरित ग¥यो ?
म सर्लाहीको लालबन्दी भन्ने ठाउँमा हुर्किएको मानिस हुँ । जब म स्कूल अध्ययन गर्थे । त्यतिञ्जेल हामीलाई नेपाली शिक्षकले कथा, कविताका पुस्तकहरु पढाउनुहुन्थ्यो । त्यसले साहित्यमा रुची जगाएको थियो । तर हामीले अध्ययन गर्न खोजेको साहित्यका पुस्तकहरु पाउन निकै कठिन थियो । यौन सम्बन्धी किताबहरु स्टीज लगाएर राखिएको हुन्थ्यो । केही पाठ्यपुस्तक सम्बन्धी पुस्तकहरु पाइन्थ्यो । तर साहित्यका पुस्तक पाउन निकै कठिन थियो । त्यतिञ्जेल पनि महेन्द्र राजमार्गले छोएको लालबन्दीमा समेत साहित्यका पुस्तक पाउन कठिन थियो भने विचार गर्नुहोस्, नेपालका विकट ठाउँमा पुस्तक पाउन कति कठिन थियो होला । जब म काठमाण्डौ आएँ, बागबजार तथा पुतलीसडकमा यी सबै पुस्तक पाउन सकिन्थ्यो । किनकी मानिसहरुले पुस्तकको बजार काठमाण्डौमा मात्र देखिरहेको थियो । हामीले समग्र नेपालमै पठन सँस्कृतिको विकास गर्ने भनिरहेका छौं, त्यसको लागि जुन ठाउँमा पुस्तक पुग्नुपर्ने थियो, त्यहाँ पुग्न सकिरहेको छैन । त्यसैगरी म अध्ययनको क्रममा दिल्ली जाँदाखेरि त्यहाँ अमाजोनले उग्र रुपमा बजारलाई ओगटिरहेको देखिएको थियो । त्यस्तै बाहिरको कुरा गर्दा अलिभ रिज डटकम, बेटर बुक वल्र्ड जस्ता अनलाइन पार्टलले पुस्तकलाई आफ्नो व्यापारको माध्यम बनाइरहेका थिए । यसबाट म सोच्न बाध्य भए कि यी अनलाइनहरुले कसरी पुस्तकको व्यापार गरिरहेका छन् ? यसक्रममा मैले घरमै बसेर किताब खरिद गर्न सक्ने अवधारणा पाएपश्चात यसलाई नेपालमा प्रयोग गर्न सकिन्छ कि भन्ने मलाई लाग्यो ।

अहिले तपाईले पाठकहरुको घरघरमा पुस्तक पु¥याउने कामलाई कसरी अगाडि बढाइरहनुभएको छ ?
यसमा हामीले मुख्य रुपमा वेबसाइटलाई नै लक्षित गरेका छौं । सायद वेभसाइटको प्लेटफर्मबाट हामीले जति सेवा दिन सक्छौ, त्यो अरु माध्यमबाट हुन सक्दैन । अहिले हामीले जुनसुकै ठाउँबाट अर्डर लिने व्यवस्था गरेका छौं । यसको निम्ति फेसबुक, इन्स्टाग्राम, टुवीटर, जीमेल, फोन, अब दुई महिनापछि हाम्रो एप पनि आउँदैछ । यदि व्यक्तिलाई कुनैपनि किताब चाहिएको छ भने उ कुनैपनि कुराबाट कुण्ठित भएर नबसोस् भनेर हामीले यस्तो व्यवस्था गरेका हौं । त्यसैले उहाँहरुले जुनसुकै माध्यमबाट हामीलाई किताब अर्डर गर्न सक्नुहुन्छ अनि हामी उहाँहरुलाई पुस्तक घरमै पु¥याउने गरेका छौ ।

तपाईले पुस्तकको अर्डर भएपछि कति समयमा घरमा पु¥याउन सक्नुहुन्छ ?
हाम्रो चाहिँ मुख्य उद्देश्य भनेको रोजगारी सिर्जना गर्ने नै हो । हामी व्यापार मात्र गरिरहेका छैनौं । हामी आफै पनि अरुका लागि रोजगारी सिर्जना गरिरहेका छौं । म स्वयं पनि रोजगारी खोजिरहेको छैन, बरु रोजगारी सिर्जना गरिरहेको छु ।

तपाईचाहिँ आफू रोजगारी खोजिरहनुभएको छैन, तर नेपालमा रोजगारी सिर्जना गर्न चाहनुहुन्छ ? अहिले तपाईसँग आबद्ध कतिजनाले रोजगारी पाउनुभएको छ ?
हामी व्यवस्थापक बाहेक ७ जनाले पूर्णकालिन रोजगारी पाउनुभएको छ । बाँकी ठाउँहरुमा हामीले आंशिक रोजगारी दिइरहेका छौं । जस्तो कोही व्यक्तिले कलेज पनि पढिरहेको छ । तर दिउँसोको समयमा उ खाली छ भने हामीले रोजगारी दिइरहेका छौं । कमसेकम उसको व्यक्तिगत खर्च पनि उसले त्यहाँबाट कमाउन सकोस् । र उ अन्यत्र नमोडियोस् भनेर कामप्रति लगाव गराउन अहिले हामीले २३ ठाउँमा रोजगारी दिइरहेका छौं ।

तपाई आफैले युवा पुस्तालाई प्रतिनिधित्व गर्नुहुन्छ । कतिपय युवाहरु नेपालमा सम्भावना छैन भनेर विदेश पलायन भइरहनुभएको छ । तपाईलाई के कुराले बढी प्रेरित ग¥यो त ?
हरेक व्यक्तिहरुको आ–आफ्नो चाहना र समस्याहरु पनि हुने गर्दछन् । यो अवस्थामा विदेशमा जाने युवा साथीहरुलाई म केही पनि भन्न चाहन्न । मेरो व्यक्तिगत धारणा के हो भने म लालबन्दी छोडेर काठमाण्डै आएँ, काठमाण्डौ छोडेर दिल्ली गएँ भनेपछि म समयसँग कति भागिरहेको छु त ? मैले यो ठाउँमा बसेर गर्नुपर्ने कामहरु त यति धेरै छ नि । यसको निम्ति समय त अवश्य पनि लाग्ने गर्दछ । एउटा उदाहण दिन चाहन्छु, कसैले १० हजारको व्याग बोक्ला भने कसैले ५ सयको व्याग बोक्ला । यसमा तपाई के कुरामा खुशी हुनुहुन्छ भन्नेचाहिँ मूल कुरा हो । मुख्य कुरा तपाईले नेपालमा के गर्न खोज्दै हुनुहुन्छ र तपाईले यहाँ के गर्न सक्नुहुन्छ भन्ने हो । तपाईले सम्भावनाको खोजी गर्ने हो । यही काममा पनि कतिको दिमागमा आएको थियो होला । भनिन्छ एउटा मान्छेको दिमागमा आएको काम अर्काे ७ वटा मान्छेको दिमागमा आउछ । मेरो दिमागमा आएको कुरा अरुको दिमागमा पनि अवश्यपनि आएको थियो होला । तर यसलाई मैले नेपालमा आएर लागू गर्न खोजेँ । मैले यो काम गर्दा नेपालले पनि केही पाउँछ, यो मेरो दायित्व र जिम्मेवारी पनि हो भन्ने चिन्तनले पनि मलाई यस क्षेत्रमा लाग्न प्रेरित ग¥यो । केही सिक्नको लागि विदेश जानुलाई म नौलो मान्दिन । तर मेरो उर्जावान समय मैले आफ्नो देशका लागि खर्चिनु पर्दछ भन्ने मेरो बुझाइ हो । २५ देखि ५० बर्षसम्मको उर्जाशील समय मैले मेरै देशको लागि खर्चिनु पर्दछ । ५० बर्षसम्म म विदेश बसेर प्रसस्त धन कमाएर नेपालमा आएर कुनै व्यवसाय सञ्चालन गरेर बस्ने मनस्थितिभन्दा नितान्त फरक ढङ्गले सोच्ने गर्दछु । रोजगारी सिर्जना गर्नको लागि हामी आफैबाट सुरु गर्नुपर्दछ । प्रारम्भमा हामी आफैले काम गरेका थियौं ।

नेपालको पानीलाई हामीले डलरमा बेच्न किन नसक्ने ? यसरी पनि हेर्नुपर्दछ जस्तो मलाई लाग्दछ । हामी जलश्रोतको धनी देश । हामीले जसरी पेट्रोल, डिजेल आयात गरिरहेका छौं, त्यसरी नै हाम्रो पानीलाई विदेश निर्यात गर्न किन नसक्ने ? यो त एउटा उदाहरणहरु मात्र हो । यस्ता धेरै क्षेत्रहरु छन् जहाँ धेरै गर्न सकिन्छ ।

सुरुवात चाहिँ तपाईहरुले कतिजनाबाट गर्नुभएको हो ?
दिल्लीबाट मैले यो अवधारणा ल्याउँदा सुरुमा नेपालमा चाहिँ एउटा बुकाहोलिस् भन्ने बुक डिस्कनको ग्रुप छ । त्यहाँ मैले नेपालमा यसको सम्भाव्यता कति हुन सक्छ भनेर मैले एउटा पोष्ट गरेको थिएँ कि, ‘म दिल्लीबाट सदाको लागि नेपाल फर्कदै छु, तपाईलाई नेपालमा नपाइने कुनै पुस्तक छन् भने मलाई भन्नुहोला । म तपाईको दैलोसम्म ल्याइदिन तयार छु ।’ मैले सो पोष्ट गर्नासाथ मलाई सयौं अर्डर आएको थियो । त्यसपछि मैले मेरो परिवारलाई कुनैपनि बोझ नहुने गरी आफ्नै तरिकाले ती सबै किताब जोरजाम गरेर ट्रेनमा हालेर रक्सौलबाट मैले नेपाल ल्याएँ । त्यसपछि मैले मेरा साथीहरु कृपेशकिशोर घिमिरे र विकेट भट्टराईसँग वाइकमा छुट्टाछुट्टै क्षेत्रमा दिनभरि पु¥याउने काम ग¥यौं । जब हामी ती पाठकहरुको घरमा पुग्यौ । एउटा अनौठो खालको खुशी देख्दा हामीलाई आनन्द लाग्यो ।

अहिले तपाईहरुको काम गराइको अनुभवले नेपालमा पुस्तक पढ्ने पाठकहरुको संख्या कस्तो देखिन्छ ?  
स्वभाविक रुपमा विगतको तुलनामा अहिले पुस्तक पढ्ने पाठकको संख्यामा बृद्धि भएको देखिन्छ ।

जुन उद्देश्यले तपाईहरुले यो काम सुरु गर्नुभएको थियो । तपाईहरुको अपेक्षाअनुसार पुस्तकका माग भइरहेको छ ?
यो त हाम्रो अपेक्षा भन्दा पनि बाहिर छ । यति धेरै संख्यामा पुस्तकको माग रहेको छ कि, हामीले सुरुमा यति पुस्तक विक्री भयो भने हामी अगाडि बढ्न सक्दछौं भन्ने अनुमान गरेका थियौं । तर यो काम सुरु भएको तीन महिनामा यति धेरै अर्डर आउन थाल्यो कि हामीले त्यसको व्यवस्थापन गर्न पनि सक्यौं । जुन कुराले गर्दा हामी अत्यन्तै उत्साही भएका थियौं ।

अहिले तपाईहरुसँग कतिवटा पुस्तकको शीर्षक रहेको छ त ?
हामीले मुख्य रुपमा नेपाली पुस्तकहरुलाई बढी प्राथमिकता दिने गरेका छौं । अहिले हामीसँग नेपाली भाषाका २२ सय बढी शीर्षकका पुस्तकहरु रहेका छन् भने विदेशी पुस्तकहरु १५ सय जति रहेका छन् । यी सबै गर्दा झण्डै ३५ सयको हाराहारीमा हामीसँग पुस्तकका शीर्षकहरु रहेका छन् । जुन पाठकहरुले जुनसुकै बेला अर्डंर गरेर अध्ययन गर्न सक्नुहुनेछ । हामी हाम्रो वेवसाइटमा राखिएका कुनैपनि पुस्तक पाठकले अर्डर गरिसकेपश्चात प्राप्त गर्नुपर्दछ भनेर हामी आफैले ती पुस्तकहरु स्टक राख्ने गरेका छौं ।

अहिलेसम्म पाठकहरुको प्रतिक्रियाचाहिँ कस्तो पाउनुभएको छ ?
मलाई चाहिँ के लाग्दछ भने यदि तपाई कुनैपनि उत्पादनको विक्री वितरण गर्न सक्नुहुन्न भने तपाई कहिलेपनि व्यवसायिक मानिस बन्न सक्नुहुँदैन । त्यही भएरर म स्वयं हरेक महिनाको १ दिन ‘डेलिभरी ब्वाइ’ बनेर अर्डर अनुसार घर–घर पुस्तक पु¥याउने काम गर्दछु । त्यसरी जाँदा म के पाउछु भने अधिंकाश ठाउँमा घरमै छुटसहित पुस्तक पनि पाइँदो रहेछ भनेर अत्यन्तै खुशी हुने गरेका छन् ।

यदि तपाईसँग इच्छाशक्ति, लगनशीलता र मिहिनेत गर्ने हो भने नेपाल अत्यन्तै उर्वर भूमि चाहिँ रहेछ होइन त ?
यसमा म के भन्न चाहन्छु भने नेपालमा सबै कुरा व्यवस्थित भएपछि मात्र म केही गर्छु भन्ने सोच र चिन्तन राख्ने हो भने त्यो कहिलेपनि हुनै सक्दैन । हाम्रै सन्दर्भमा पनि घर घर पुगेर पुस्तक पु¥याउनुपर्ने काम प्रारम्भमा केही कठिन पो हुन्छ कि जस्तो हामीलाई पनि लागेको थियो । तर काम गर्दै जाँदा हामीले के सिक्यौं भने यदि तपाईमा इच्छाशक्ति हुने हो भने कुनै पनि कुरा बाधक हुँदो रहेनछ । समस्या आउँछ तर त्यसलाई कसरी न्यूनीकरण गर्दै अगाडि बढ्ने भन्ने महत्वपूर्ण कुरा हो जस्तो मलाई लाग्छ । सम्भावना आफैले खोज्ने हो । यो देशमा अब पूरै सम्भावना छ अनि मात्र काम गर्नुपर्दछ भन्ने सोचाइ गलत हो । अहिले मानिसहरुले भन्ने गरेका छन् नि, देशमा रानजीतिक अस्थिरता छ, कर बढ्यो जस्ता कुरा गर्छन् । त्यो अत्यन्तै गलत चिन्तन् हो । तपाईले जुन क्षेत्रमा काम गर्नुहुन्छ । त्यसका बारेमा गहिरिएर चिन्तन गर्नुस् । यदि सबैले आ–आफ्नो क्षेत्रबाट राम्रो गर्ने हो भने राजनीतिक अवस्थापनि स्वतः परिवर्तन हुन्छ भन्ने मलाई लाग्दछ ।

कुनैपनि काम गर्नको निम्ति मुख्य रुपमा के कुराले मुख्य काम गर्दाे रहेछ त ?
आफूमा आत्मविश्वास भयो भने धेरै कुरा गर्न सकिन्छ । त्यसको साथै धैर्यता पनि जरुरी छ । हरेक व्यक्तिका आ–आफ्ना समस्याहरु हुन्छन् । त्यसलाई सदैव व्यक्त गर्नु जरुरी छैन । तपाई जुन काम गर्नुहुन्छ, त्यो कर्मलाई मनबाट मनन्  गर्नसक्नुपर्दछ । अनि त्यो काम गर्दै जाँदा धेर्यता हुनुप¥यो । यसको निश्चित समयय हुन्छ । एकदिनमा कायापलट कुनैपनि कुरामा हुँदैन । भनिन्छ नि ‘रोम वाज नट बिल्ट इन अ डे’ । विदेश गएर यति समयमा हामी यति कमाउथ्यौं भन्ने युवाहरुले चिन्तन गर्नुहुन्छ भने त्यसलाई त्याग्नुस् । केही समस्याका बाबजूद पनि नेपालमा वातावरण धेरै राम्रो छ  ।

तपाईले नेपालमा पुस्तक बाहेक अरु के–के क्षेत्रमा सम्भाव्यता देख्नुहुन्छ ?
नेपालको पानीलाई हामीले डलरमा बेच्न किन नसक्ने ? यसरी पनि हेर्नुपर्दछ जस्तो मलाई लाग्दछ । हामी जलश्रोतको धनी देश । हामीले जसरी पेट्रोल, डिजेल आयात गरिरहेका छौं, त्यसरी नै हाम्रो पानीलाई विदेश निर्यात गर्न किन नसक्ने ? यो त एउटा उदाहरणहरु मात्र हो । यस्ता धेरै क्षेत्रहरु छन् जहाँ धेरै गर्न सकिन्छ ।

अन्त्यमा, नेपालमा केही गर्न सकिन्छ भनेर लाग्न चाहने युवाहरुलाई तपाईको सुझाव के हुन्छ ?
मुख्यकुरा कुनैपनि व्यवसायमा लाग्दा त्यसबारेमा विस्तृत रुपमा अध्ययन गर्नु जरुरी छ । यसको निम्ति आर्थिक पक्षको समस्या छैन । तपाईले सानोबाट पनि सुरु गर्न सक्नुहुन्छ । तपाईले जुन काम गर्नुहुन्छ, त्यसप्रति तपाईृ आत्मविश्वासी, धैर्यताका साथ त्यसका बारेमा विस्तृत अध्ययन गर्नुहोस् । त्यसपछि नेपालमा त्यसको सुरुवात गर्नुस् । तपाईले सफलता पाउनुहुनेछ ।