मिस शेर्पा पुसमा हुने

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ मंसिर १०, सोमबार


काठमाडौं । विगत ७ वर्ष पहिले सुरु भएको मिस शेर्पाको नयाँ संस्करण पुसमा हुने भएको छ ।

डिपास इन्टरनेसनलले आयोजना गर्न लागेको मिस शेर्पा पुस १५ मा काठमाडौंमा हुन लागेको हो । प्रतियोगिताको अडिसन भने डिसेम्बर पहिलो साताबाट सुरु हुने आयोजक संस्था डिपास इन्टरनेसनलकी अध्यक्ष पासाङ शेर्पा ‘छेल्हमु’ले बताइन् । उनका अनुसार मिस शेर्पा सन् २०१० बाट हुँदै आएको छ ।

प्राविधिक कारणले गर्दा केही वर्ष रोकिएर सन् २०१७ बाट पुनः सुरु भएको हो । मिस शेर्पासँगै यस वर्षबाट मिस्टर शेर्पा पनि गर्न लागिएको छ । शेर्पा जातिका युवा युवतीले मात्र प्रतिस्पर्धा गर्न सक्ने प्रतियोगितामा एसइईमाथि अध्ययन गरेका १६ वर्ष बढीका नेपाली नागरिक अनि अविवाहित युवायुवातीले भाग लिन सक्ने आयोजक संस्थाले बताएका छन् ।

प्रतियोगिताबाट मिस र मिस्टर बन्नेले नगद र मेडल पुरस्कार लगायत पाउनेछन् । यस पटककी मिस शेर्पा बन्नेले भने क्रोएसियामा सन् २०१९ अप्रिलमा हुने गरेको मिस टुरिजम वल्र्डमा भाग लिने अवसर पाउनेछिन् ।