सालैजो गीति एल्बम सार्वजनिक (भिडियो सहित)

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ मंसिर २२, शनिबार


काठमाडौं । लाङघाली म्युजिक प्रालिले नयाँ सालैजो गीति एल्बम ‘मेरो लागि जोवान’ सार्वजनिक गरेको छ ।

पश्चिम नेपालको रमणीय क्षेत्र बर्दिया र बाँकेका सुन्दर स्थानमा छ्याङ्कन गरिएको सालैजो गीतको भिडियो सार्वजनीक गरिएको हो ।

शर्मिला गुरुङ र सन्जय घर्तीको स्वर रहेको गीतको शब्द बिबश घर्तीले लेखेका छन् । भिडियोमा प्रकाश भट्ट क्षेत्री, केशव चालिसे, करिश्मा शाही र निशा शाहीको अभिनय रहेको छ ।

म्युजिक प्रालीका प्रबन्ध निर्देशक खेम सारु मगरले राजधानी भन्दा बाहिरको ठाउँमा सुटिङ्ग गर्न निकै कठिन भएको बताउँदै भिडियो निमार्णमा कुनै कमि नगरिएको बताए ।

भिडियोको निर्देशन र कोरियोग्राफर करिश्मा शाही ठकुरीले गरेकी हुन् ।