आठाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुन: सार्ने तयारी

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ पौष ९, सोमबार


काठमाडौं । आठाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुन सार्ने तयारी गरिएको छ । भौतिक पुर्वाधार निर्माणको कारण देखाउदै माघको अन्तिम साता तय भएको प्रतियोगिता सार्ने तयारी भएको हो ।

प्रदेश नम्बर ५ मा हुने तय भएको प्रतियोगिता माघ २१ बाट २८ गतेसम्म गर्ने तय भएको थियो ।

उद्घाटन गर्ने भनिएको नेपालगञ्ज रंगशालाको काम निर्धारित समयमा पुरा हुने नदेखिएपछि प्रतियोगिता फागुनको दोस्रो साता सञ्चालन गर्ने तयारी गरिएको छ । प्रतियोगिताको नयाँ मिति फागुन ८ देखि १५ सम्म तोक्ने बिषयमा आन्तरिक गृहकार्य भईरहेको छ ।

आयोजक राष्ट्रिय खेलकुद परिषद र प्रदेश नम्बर ५ खेलकुद विकास समितिले प्रतियोगिता निर्धारित मितिमै हुने दाबी गरेपनि प्रतियोगिताको मिति दोस्रो पटक सार्न लागिएको हो ।

मध्यपश्चिमाञ्चलमा हुने तय भए लगत्तै प्रतियोगिता आयोजनाको मिति मंसिर २१ बाट २८ गतेलाई तोकिएको थियो ।

अन्तिम समयमा आएर बजेट अभाव र पुर्वाधार निर्माणको कारण देखाउँदै प्रतियोगिता माघको अन्तिम साता सारिएको थियो । तर मुख्य खेल मैदान नेपालगञ्ज रंगशाला निर्धारित समयमा निर्माण पुरा नहुने भएपछि प्रतियोगितालाई पुन २ हप्ता सार्ने तयारी भएको युवा तथा खेलकुद मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतियोगिता सञ्चालन निर्देशिका बन्दै 

युवा तथा खेलकुद मन्त्रालयले खेलकुद प्रतियोगिता सञ्चालन सम्बन्धि निर्देशिका निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । प्रतियोगिता अनुसार फरक फरक निर्देशिका बनाउदै आएको मन्त्रालयले अब एउटै निर्देशिकामार्फत प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

‘राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मन्त्रीपरिषदले पारित गरेलगत्तै निर्देशिका जारी गर्ने तयारी मन्त्रालयले गरेको छ ।