पुरातात्विक एवं ऐतिहासिक महत्वको भएर पनि भग्नावशेषको अवस्थामा रहेको मकवानपुर गढी

रत्न सायमी
रत्न सायमी

२०७५ पौष १६, सोमबार


मकवानपुर जिल्ला,मकवानपुर गढी गाउँपालिका वडा नं. २ मा पुरातात्विक एवं ऐतिहासिक महत्व रहेको किल्ला मकवानपुर गढी रहेको छ । यो गढी हेटौडा बजारबाट १७ कि.मी. पूर्व, कान्ति राजपथको नजिक रहेको छ । यातायातको सुविधाको कारण यस स्थानमा सजिलै पुगेर अवलोकन गर्न सकिन्छ । 
    कान्ति राजपथको बाटोबाट गढी तर्पmको केही उकालो बाटो गएपछि मोटर पार्क गर्ने स्थान आउदछ । त्यहाँ रहेको द्वार प्रवेश गरी केही खुड्किला चढेर माथि गएपछि गढी परिसर पुगिन्छ । गढीलाई वाहिरी आक्रमणबाट कसरी सुरक्षित वनाउन सकिन्छ भन्ने जानकारी यस गढीको निर्माण शैलीबाट जानकारी लिन सकिन्छ । गढीलाई सुरक्षित वनाउनको लागि वाहिर चारैतर्पm वारपार गर्न नसक्ने गरी खोल्सा (खोल्ची) को निर्माण गरिएको छ । यो खाल्साको तल भूईको चौढाई ५ फिट ४ इन्च रहेको छ । गढी प्रवेशका लागि उत्तर तर्पm काठको पुल राखिएको छ । यो पुलको लम्वाइ १९ फिट लामो रहेको छ । सोपुलको माध्यमबाट भित्र गढीमा प्रवेश गरिन्छ । 
  

 गढीको मूल द्वार प्रवेश गरेपछि चारैतर्पm ढुङ्गाबाट निर्मित ठूलो पर्खाल रहेको छ । यो पर्खालको उचाइ ६ मीटर अग्लो रहेको छ । यसको ठाउँ–ठाउँमा तोप हान्ने स्थानहरु वनाइएका छन् । यो भित्रको भाग दुई भागमा विभाजित छ । पूर्व तर्पmको क्षेत्रलाई राजदरवार इलाका र पश्चिम तर्पmको इलाकालाई सैनिक वस्ने स्थान रहेको वताइन्छ । यहाँको यो राजदरवार र अन्य भवनहरु संरक्षणको अभावमा हाल भग्नावशेषको अवस्थामा रहेको देख्न सकिन्छ । यस गढीमा वि.सं. २०३६ सालसम्म सामरीक महत्वका तोप र हातहतियारहरु रहेको स्थानीयको भनाई रहेको छ । यसपछि यहाँको उ्रक्त तोप र हातहतियारहरु हेटौडा स्थीत सुपरटार व्यारेकमा सारेको बताइन्छ ।
  

 गढी क्षेत्रको करिव वीच भागमाश्रीकृष्णको मन्दिर देख्न सकिन्छ । मन्दिरको गर्भगृहमा पूर्णकदको५ फिट अग्लो मुरली हातमा लिएको श्रीकृष्णकोसुन्दर मूति रहेको छ । यो मूर्तिलाई सिक्रीले बाधिएको अवस्थामा छ । यसरी मूतिलाई बाध्नुको कारणमा एउटा किंवदन्ती प्रचलित रहेको छ । सो किंवदन्ती अनुसार प्राचीन कालमा श्रीकृष्ण भगवान उक्त स्थान छोडेर चितवन देवघाट गएर वस्ने गरेकोले दरवार छोडेर कतै नजाउन भनि बाधि राखेको जनश्रुति रहेको छ । 
  

 श्रीकृष्ण भगवानको शिर सुवर्ण मोलम्वा युक्त भएको कारण मिति २०६३।१२।८ गते शिरको भाग मात्र चोरी भएको थियो । मिति २०६४।११।२३ उक्त मूतिमा नयाँ शिर जडान गरिएको त्यहाँ रहेको शिला अभिलेखबाट जान्न सकिन्छ । यस मन्दिरका पुजारी पाल्देन दोर्जे लो रहेका छन् । 
  

 गढीको दक्षिण–पश्चिम कुनामा शिवको एउटा सानो मन्दिर पनि रहेको छ । गढी भित्र पूर्वमा एक र पश्चिममा एक खाल्डो रहेको छ । यो करिव १० फिट गहिरो छ । पूर्व तर्पmको खाल्डोलाई जेल खाल्डो भनिन्छ र त्यहाँ अपराधीहरुलाई सजाय स्वरुप राखिने गरिन्थ्यो । पश्चिम तर्पmको खाल्डोमा व्यवहारिक प्रयोजनको लागि पानी राख्ने बताइन्छ । गढीको सुरक्षामा आपतकालीन प्रयोगको लागि पूर्व तर्पm आपतकालीन ढोकाको निर्माण गरिएको छ । यहाँ वनेका दरवार, मन्दिर, खाल्डो, पर्खाल, खोल्सा, आपतकालीन ढोका आदि सवै ढुँङ्गाबाट निर्मित रहेका छन् । समयको कालचक्रमा मर्मत र जिर्णोद्धार नभएकोले हाल सो भौतिक संरचनाहरु जिर्ण अवस्थामा रहेका छन् । 
  

 यो गढीको पश्चिम–उत्तर तर्पm सानो गढी पनि रहेको छ । त्यस गढीमा सैनिकहरुलाई तालिम दिने बताइन्छ । मकवानपुर गढीबाट सेनवंसी राजाहरुले धेरै वर्षसम्म राज्य गरेको इतिहासमा उल्लेख रहेको छ । 
  

 

 यो गढीको अवलोकनबाट तत्कालिन समयमा आफ्नो सुरक्षा कसरी गर्ने र विपक्षलाई कसरी परास्त पार्ने भन्ने ऐतिहासिक झझल्को मनन गर्न सकिन्छ । यसैले यस्ता ऐतिहासिक महत्वका सम्पदाहरुको भ्रमण गर्नु गराउनु ज्यादै महत्वपूर्ण कार्य हुन जान्छ । यहाँबाट देखिने सुन्दर दृष्य पनि ज्यादै मनमोहक रहेका छन् । पूजारी दोर्जेलोको भनाइ अनुसार यस गढीबाट निजगढ, बीरगंज, हेटौडा, बुढी चौर, महाभारत लेक आदि देखिने वताउनु हुन्छ । यसैले यो पर्यटकीय दृष्टिकोणले पनि ज्यादै महत्वपूर्ण रहेको छ ।