भक्तपुरमा पहिलो पटक महिला राष्ट्रिय कबड्डी प्रतियोगिता हुने 

रमेश गिरी
रमेश गिरी

२०७५ पौष २४, मंगलबार


भक्तपुर । भक्तपुरमा पहिलो पटक “महिला राष्ट्रिय कबड्डी प्रतियोगिता” हुने भएको छ ।

भक्तपुर नगरपालिका ४ नम्बर वडा खेलकुद समितिले  आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै प्रतियोगिता बुधबारबाट भक्तपुरको शहिद स्मृति खेल मैदानमा आयोजना हुने भएको जानकारी दिएको हो । 

प्रतियोगितामा भक्तपुर, काठमाण्डौं, ललितपुर, बारा, नवलपुर, नवलपरासी, कैलाली, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायतका बिभिन्न ठाउँबाट सहभागि हुने खेलाडीहरुको १५ वटा खेल संचालन हुने कार्यक्रममा संयोजक एवं समितिका अध्यक्ष पशुपति प्रजापतिले जानकारी दिनुभयो । 

लिगकम नकआउट खेलाइने उक्त प्रतियोगितामा प्रथम, द्धितिय हुने टिमलाई क्रमश नगद रु. ५० हजार, ३० हजार र तृतिय हुने दुईवटा टिमलाई १०–१० हजारका दरले नगद पुरस्कार, मेडल , प्रमाणपत्र प्रदान गरिने समितिका सदस्य कृष्णसुन्दर प्रजापतिले जानकारी दिनुभयो । 

कूल १६ लाख रुपैया खर्च हुने प्रतियोगितामा देश मै पहिलो पटक प्रत्येक खेलमा म्यान अफ दि म्याच, वेष्ट रेर्डर र वेष्ट क्याप्चर घोषणा गरी प्रत्येक खेलाडीलाई नगद रु. २ हजारका दरले ६० हजार रुपैयाको पुरस्कार प्रदान गरिने सदस्य प्रजापतिले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट निर्णायक समेत छनौट गरि पुरस्कार दिईने भएका छभने बिभिन्न जिल्लाबाट प्रतियोगितामा भाग लिन आउने खेलाडीलाई खान तथा बस्नको व्यबस्था आयोजकले गरेको छ ।