महिला राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु 

रमेश गिरी
रमेश गिरी

२०७५ पौष २६, विहिबार


भक्तपुर । भक्तपुरमा पहिलो पटक बुधबारबाट “राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता–२०७५” सुरु भएको छ । 

प्रतियोगिताको पहिलो दिन बुधबार भक्तपुर र नवलपरसी, शसस्त्र प्रहरी र काडमाठण्डौ, कैलाली र नेपाल प्रहरी, शसस्त्र प्रहरी र भक्तपुर, नवलपरासी र कैलाली, काठमाण्डौ र नेपाल प्रहरी बिच खेल भएको छ । 

प्रतियोगितामा भक्तपुर, काठमाण्डौं, नवलपरासी, कैलाली, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायतका बिभिन्न ठाउँबाट सहभागि भएका खेलाडीहरु बिच १५ वटा खेल संचालन हुने कार्यक्रममा संयोजक एवं समितिका अध्यक्ष पशुपति प्रजापतिले जानकारी दिनुभयो । 

सुपर लिगचरणमा खेलाइने प्रतियोगितामा प्रथम, द्धितिय हुने टिमलाई क्रमश नगद रु. ५० हजार, ३० हजार र तृतिय हुने दुईवटा टिमलाई १०–१० हजारका दरले नगद पुरस्कार, मेडल, प्रमाणपत्र प्रदान गरिने समितिका सदस्य कृष्णसुन्दर प्रजापतिले जानकारी दिनुभयो । 

कूल १६ लाख रुपैया खर्च हुने प्रतियोगितामा देश मै पहिलो पटक प्रत्येक खेलमा म्यान अफ दि म्याच, वेष्ट रेर्डर र वेष्ट क्याप्चर घोषणा गरी प्रत्येक खेलाडीलाई नगद रु. २ हजारका दरले ६० हजार रुपैयाको पुरस्कार प्रदान गरिने सदस्य प्रजापतिले जानकारी दिनुभयो । 

भक्तपुर नगरपालिका ४ नम्बर वडा खेलकुद समितिले भक्तपुरको शहिद स्मृति खेल मैदानमा आयोजना गरेको प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले भक्तपुर नगरपालिकाले खेलकुदको विकासमा टेवा पुर्याउने कार्य गर्दै खेलकुदमैत्री नगरपालिका बनाउन लागिपरेको बताउनुभयो । 
कार्यक्रममा कबड्डी संघका केन्द्रीय उपाध्यक्ष संगीता हमाल, वडा नं. ४ का वडा अध्यक्ष कुमार चौवाल, कबड्डीका अन्तर्राष्ट्रिय रेफ्री विनोद प्रजापति लगायतले पछिल्लो समयमा भक्तपुरमा कबड्डी खेलको विकासमा फड्को मारेको बताउदै भक्तपुरमा यो खेलको आकर्षण पनि बढेको बताउनुभयो ।