भक्तपुरको महत्वपूर्ण सम्पदा भएर पनि जिर्ण अवस्थामा रहेको मङ्गलेश्वर महादेव मन्दिर

रत्न सायमी
रत्न सायमी

२०७५ माघ १४, सोमबार


भक्तपुर–३ मङ्गलाछे नासमना टोलमा मङ्गलेश्वर महादेव मन्दिर अवस्थीत छ । शिखर शैलीमा निर्मित यो मन्दिर अति पुरानो हो । मन्दिरको गर्भगृहमा मङ्गलेश्वर महादेवको सिद्धज्योतिर्लिङ्ग रहेको छ । यो चतुषष्ठिः स्वयम्भू सिद्धज्योतिर्लिङ्ग मध्य एक हो । ऐतिहासिक भक्तपुर नगरको घना वस्तीको वीचमा रहेको यो मन्दिर ऐतिहासिक एवं पौराणिक महत्व भएर पनि ओझेलमा परेको देखिन्छ । 

मन्दिरको गर्भगृहमा मङ्गलेश्वर महादेवको सिद्धज्योतिर्लिङ्ग रहेको छ । यस ज्योतिर्लिङ्गलाई मुद्राको माला, चाँदीबाट निर्मित तुल्सीपत्र तथा वेलपत्रका मालाहरुले सजाइएको छ । शिर्षभागमा पाँच शिर भएको नागको मूर्ति रहेको छ । यसैगरी बीच भागमा दुई शिर भएको नागको मूर्ति रहेको छ । यहाँ शिव लिङ्गहरु, शंखहरु तथा नागका मूर्तिहरु रहेका छन् । साथै यहाँ धातुबाट निर्मित वसाहा पनि रहेको छ । मन्दिरको दक्षिणी भित्तामा नृत्यश्वर अर्थात नास द्यः स्थापित छ । यो स्थान पनि साहै्र जिर्ण अवस्थामा देखिन्छ । यस स्थानमा पहिले वि.सं. १९९० सालको महाभूकम्प अगाडि मन्दिरका स्वरुप रहेको बतान्छ । 

 

यस मन्दिरमा दैनिक नित्यपूजा र आरती हुने गरिएको छ । मुरलीलाल झा सो मन्दिरका पूजारी हुनुहुन्छ । शिवको आराधना शिवरात्री, साउनको सोमवार गरिन्छ भने भाद्र शुक्ल सप्तमीको दिन यस महादेव मन्दिरमा विशेष मेला लाग्दछ । सो मेलामा मन्दिरको उत्तर तर्पm रहेको मङ्गल कुण्डमा स्नान गरी मङ्गलेश्वर महादेवको पूजा आराधना गर्ने गरिन्छ । साथै दक्षिण तर्फ रहेको हनुमन्ते खोलाको मंगल तीर्थमा पनि स्नान एवं पूजा आराधना गरिन्छ । 
    मन्दिर परिसर एउटा पुण्य तीर्थस्थलको रुपमा रहेको पाइन्छ । उक्त मन्दिर नासमना टोलको मूल सडकसँग जोडिएर रहेको छ । मन्दिर पश्चिमाभिमुख अवस्थामा छ । मन्दिरको अगाडि शिव मन्दिर रहेको छ भनेपछाडि वत्सलादेवीको मन्दिर छ । यसै गरी यहाँ नारायणका मन्दिरहरु, भीमसेन र राधाकृष्णका देवलहरु आदि रहेका छन् । साथै यस स्थानमा वसाहा, गरुड, घण्टा र बत्ती वाल्ने पालाहरु पनि रहेका छन् ।

यस मन्दिरको ऐतिहासिक एवं पौराणिकताका सम्वन्धमा अगाडि कुनै उध्र्वकेश नामका म्लेच्छ थियो । शिकार खेल्दै उनी यस स्थानमा आइपुगेका रहेछन् । शिवका प्रथमगणका साथमा खुसी भएर शिव भगवान नृत्य गरिरहनु भएको उनले देखेका थिए । सो दृश्यले उनी चकित हुदै हतारमा आफ्नो धनु र ठोक्रो फ्याकी अगाडिको चाँपको रुखमा चढी पूmल टिपेर सो स्थानमा आइपुग्दा शिव भगवान अन्तरध्यान भइसक्नु भएको रहेछ । शिव भगवानसँगै रहने इच्छा राखी उनले कृष्णपक्षको चतुर्दशीका दिनदेखि फलपूmल चढाई भक्तिसाथ पूजा गरिरहे । यसरी पूजा गर्दै जादा छ महिना बित्यो । भाद्रकृष्ण चतुर्दशिका दिन उनले  सोही शिव लिङ्ग नजिक प्राण प्राण त्याग गरे । शिवभक्त रहेको कारण शिवगणहरुले स्वागत गर्दै सो म्लेच्छलाईविमानमा राखी शिवपुरमा लगेको कथन रहेको छ । 
    यस्तै अर्को एक पौराणिक कथन अनुसार प्राचीन कालमा मङ्गल नाम गरेका मुनि थिए । उनले भोक, प्यास आदि त्यागेर एक चित्तकासाथ आराधना गर्न शिवलिङ्ग स्थापना गरेका थिए । सो शिव आराधनामाउनले एक सय वर्ष बिताएका थिए । सांख्ययोगद्वारा शिवको आराधनामा आफ्नो शरीर त्यहीं विसर्जन गरे र त्यसै बखतदेखि सो शिवलिङ्गको नाम मङ्गलेश्वर भएको बताइन्छ । 

मन्दिरको भौतिक अवस्था अति नै जिर्ण अवस्थामा रहेको देखिन्छ । पूजारीको भनाइ अनुसार वि.सं. २०७१ सालमा मन्दिर पुनः निर्माण गर्न नक्शा सहित नगरपालिकाले योजना अगाडि बढाएको थियो । तर हालसम्म पनि निर्माण कार्य हुन सकेको छैन । के कारण हो बुझ्न सकिएन भन्नुहुन्छ । साथै वि.सं. २०७२ सालको महाभूकम्पले मन्दिरमा धेरै क्षेति पु¥याएको छ । मन्दिरमा बसेर पूजा गर्न समेत डर लाग्दो अवस्था छ भनि मन्दिर पुनः निर्माणमा सम्वन्धित निकायको ध्यान जाओस् भनि ध्यानाकर्षण गराउनु भयो । 
    मन्दिरमा नियमित पूजाको लागि पूजा सामान र पूजारीको लागि वार्षिक साढे दुइ मुरी धान तौमढी मठबाट प्राप्त हुने गरिएको छ । यस वाहेक अन्य आयश्रोत नभएको पूजारी बताउनु हुन्छ । यो प्राचीन मन्दिर भक्तपुर नगरको महत्वपूर्ण सम्पदा एवं शोमाको रुपमा रहेको कारण स्थानीय निकाय तथा गुठी संस्थानबाट यसको व्यवस्थापन कार्य गर्नु पर्ने देखिन्छ ।