पुरुषले यी गल्ती गरे शुक्राणु संख्या कम हुन्छ !

अनन्त सन्देश

२०७६ कार्तिक १४, विहिबार


पुरुषको ‘स्पर्म काउंट’ अर्थात शुक्राणु संख्या बढ्ने वा घट्ने कारण मध्ये अण्डकोषको तापक्रप पनि हो । अन्डकोषको तापक्रम बढेमा स्पर्म काउन्ट कम हुन सक्छ र अन्डकोषको तापक्रम घटेमा स्पर्म काउन्ट बढि हुन सक्छ ।
केही यस्ता बानिहरु छन जसकारण अन्डकोषको तापक्रम बढ्छ वा घट्छ जसले स्पर्म काउन्टमा नराम्रो असर गर्छ ।
– निन्द्रा राम्रोसँग नपुगेको अवस्था सँधै रहिरह्यो भने तनावको मात्रा बढाउने हर्माेन बढ्दै जान्छ । यसबाट रक्तसञ्चार प्रणाली बिग्रन्छ र सिधा असर स्पर्म काउन्टमा पुग्छ ।
– यदि तपाई दैनिक कसिलो पाईन्ट लगाउनुहुन्छ भने यसले गर्दा अन्डकोषको तापक्रम बढि शुक्राणु संख्या कम हुन थाल्छ ।
– कफि धेरै पिउँदा यसमा रहेको कफिनले तनाव बढाउने हर्मोन बढाउँछ र स्पर्म काउन्ट घटेर जान्छ ।
– तनावमा रहँदा पनि शुक्राणु संख्या घट्न थाल्छ ।
– रक्सी, चुरोट वा अन्य कुनै प्रकारको नशा सेवन गर्दा स्पर्म काउन्ट कम हुन जान्छ ।