रेडक्रस दधिकोट उपशाखाको १५ औं सभा सम्पन्न

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ माघ २२, मंगलबार


भक्तपुर । नेपाल  रेडक्रस सोसाइटी दधिकोट उप शाखा को १५ औं उप शाखा सभा सम्पन्न भयो ।

सभामा नेपाल  रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका मन्त्री परशुराम पाण्डेले प्रमुख अतिथिका रुपमा बोल्दै सामाजिक विकास तथा मानवीय सेवामा रेडक्रमले उल्लेखनीय भूमिका खेल्दै आएको बताउनुभयो । 

सोही कार्यक्रममा नेपाल रेडक्रस दधिकोट उपशाखाका सभापति जनक न्यौपानेले जुनसुकै आपत विपत पर्दा रेडक्रसले आफ्नो मूल्य र मान्यतालाई आत्मसाथ गर्दै मानवीय सेवामा जुट्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘विगतमा भूकम्प प्रभावितहरुका निम्ति तत्काल राहत सामग्री जुटाउने कार्यमा रेडक्रम अग्रपंक्तिमा उभिएको थियो ।’ 

सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दधिकोट उपशाखाका सदस्य श्याम बोगटीले रेडक्रस मानवीय कार्यका निम्ति मात्र होइन, सामाजिक विकास र जीवनउत्थानका गतिविधिहरुमा समेत क्रियाशील हुँदै आएको बताउनुभयो । 

सभामा नेपाल रेडक्रस सोसाइटी दधिकोट उपशाखाका सहसचिव प्रविण शंखदेवले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष रामशरण प्रजापतिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो प्रतिवेदनमाथि सभामा छलफल भइ सर्वसम्मतले अनुमोदन गरिएको थियो ।