गुट्खा र सूर्तीजन्य पदार्थलाई नियन्त्रण गर्नुपर्छ : सांसद बस्नेत (भिडियो सहित)

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ माघ २५, शुक्रबार


काठमाण्डौ । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले सरकारले गुट्खा र सूर्तीजन्य पदार्थ पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । 

प्रतिनिधि सभाको आजको बैठकका शून्य समयमा बोल्दै सांसद बस्नेतले सडक र नदी सरसफाइको अभियानका क्रममा गुट्खा र सूर्तिका खोलहरु असंख्य रुपमा भेटिएकाले प्लाष्टिकमा अतिरिक्त मूल्य लगाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सडक सफा राख्नको निम्ति प्लाष्टिकलाई अतिरिक्त मूल्य लगाएर चाउचाउमा १५ रुपैयाँ छ भने १६ रुपैयाँ बनाएर त्यसको खोल फिर्ता गरेपछि १ रुपैयाँ फिर्ता दिने व्यवस्था गर्नु जरुरी छ ।’ 

बस्नेतले बाग्मति सफाइको ३ सय हप्ता पुगेजस्तै हनुमन्ते सफाइ अभियानको ५० हप्ता पुगेको बताउनुभयो । उहाँले जनस्तरको सहभागितामा अरनिको राजमार्ग सफाइ अभियान सुरु भएको २ महिना पुगेकोले यसलाई व्यवस्थित रुपमा अगाडिढ बढाउनको निम्ति सरकारले विशेष योजना ल्याउनुपर्ने बताउनुभयो ।