विकासमा पक्ष विपक्ष हुँदैन : प्रचण्ड

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ फाल्गुन ४, शनिबार


भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माणका कार्यमा सरकार पक्ष र प्रतिपक्ष नहुने बताउनुभएको छ ।

भक्तपुरमा सञ्चालनमा रहेको हनुमन्ते नदी सफाई अभियानको ५१औं हप्ताको विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताको त्याग र तपस्याले नै नेपाल लोकतान्त्रीक गणतन्त्र स्थापनासँगै नयाँ युगमा प्रवेश गरेको बताउनुभयो ।

उहाँले राष्ट्रिय एकता नै समृद्धिको थालनी भएको बताउँदै सभ्यताको पुनःस्थापित गर्नुपर्ने अहिलेको अनिवार्य आवश्यकता रहेको औल्याउनुभयो । अध्यक्ष प्रचण्डले सगरमाथाको देश तथा गौतमवुद्धको देश मात्र नभई नेपालको धर्म, संस्कृति, परम्परा, पर्यटकिय स्थल लगायतका विविधताका कारण विश्वको नजर नेपाल माथि रहेको बताउनुभयो ।

उहाँले नेपालमा आफ्नै मैलिकतामा आधारित रही लोतान्त्रीक गणतन्त्र स्थापना गरी आफ्नै परिवेशमा रही संविधान निर्माण गर्नु पनि विकसित तथा शत्तिशाली देशको नजन नेपाल माथि परको बताउनुभयो । अब नेपालको विकास र समृद्धिलाई कसैले रोक्न नसक्ने भन्दै अध्यक्ष प्रचण्डले राजनीतिक रुपमा प्रतिपर्धा, विकासमा ऐक्यवद्धता हुनुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा प्रतिनिधिसभा सांसद महेश बस्नेतले सरकारले लिएको विकास र समृद्धिको लक्ष्यलाई भक्तपुरका जनताले अभियानका रुपमा सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।सफाई अभियान ५१ हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा मध्यपुर थिमि राधेराधेदेखी सल्लाघारीसम्म वाकाथुन गरिएको थियो भने सल्लाघारी चोकमा नेपाली राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो ।

उहाँले सफाई अभियाले सभ्यताको विकास गरेको बताउँदै सफा, सुन्दर, सभ्य बनाउन मात्र नभई देशभरी सफाई तथा सभ्य समाज निर्माण गर्न नयाँ सन्देश प्रवाह गरेको बताउनुभयो । अध्यक्ष प्रचण्डले सफाई अभियान भक्तपुर जिल्लालाई नै रुपान्तरण गर्दै नयाँ युगमा प्रवेश गराउने कार्य गरेको बताउनुभयो ।

सवै समुदाय तथा राजनीतिक दलको एकता नै भक्तपुरको विकास र समृद्धि भएको बताउँदै उहाँले मठमन्दिर, बाटोघाटो, नदी, सार्वजनिक स्थल सफाई अभियान नै नयाँ युगको विकास र समृद्धिको फाड्को मार्ने कार्यमा भक्तपुर देशकै लागि उदाहरणीय भएको दावि समेत गर्नुभयो ।

त्यस्तै उहाँले हनुमन्ते नदीको कोरिडोर युद्ध स्तरमा अघि बढेको समेत बताउनुभयो । विकास निर्माणका कार्यमा वर्तमान तीनै तहका सरकार तथा जनताको प्रत्यक्ष सहभागितमा मात्र सम्भव हुने भन्दै राष्ट्र, राष्ट्रियता र बफदारिता सवैमा हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले देशको वातावरण संरक्षण गर्नु सबै नेपालीको भएको बताउँदै सबै मिली नदीनालामा खेल्न र नुहाउन मिल्ने प्रकारको बनाउनुपर्ने जोड दिनुभयो । उहाँले वातावरणमा आएको ह्रासलाई सुधार गर्दै अघि बढाउनुपर्ने बताउँदै नेता सिंहले वातावरण स्वच्छ हराभरा राख्न चेतना अभिबृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले सरकारले लिएको विकास र समृद्धिको लक्ष्यलाई भक्तपुरका जनताले अभियानका रुपमा सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।सफाई अभियान ५१ हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा मध्यपुर थिमि राधेराधेदेखी सल्लाघारीसम्म वाकाथुन गरिएको थियो भने सल्लाघारी चोकमा नेपाली राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो ।