सांसद बस्नेतको खानेपानी मन्त्रीलाई प्रश्न : भक्तपुरको महादेव खोला र साँगामा खानेपानीको ड्यामको निर्माणमा ढिलाइ किन ? (भिडियो सहित)

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ फाल्गुन १०, शुक्रबार


काठमाण्डौ । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले मेलम्ची खानेपानीको योजना मर्मत गर्दा वैकल्पिक रुपमा भक्तपुरमा महादेव खोला तथा साँगामा बनाउने भनिएको ड्याम निर्माण कार्यको ढिलाई प्रति संसदमा प्रश्न उठाउनुभएको छ । 

संसदमा आज खानेपानी तथा सरसफाइ मन्त्रालयसँग सम्बन्धित बिषयमा छलफल कार्यक्रममा सहभागी हुँदै सांसद बस्नेतले भन्नुभयो, ‘भक्तपुरको महादेव खोला र साँगामा मेलम्चीको बिग्रदा वा टनेल सफा गर्दा वैकल्पिक रुपमा ठूला ड्याम बनाउने प्रक्रिया किन ढिला सुस्ती  भयो ?’  

मेलम्ची खानेपानीको उचित व्यवस्थापन गर्नको निम्ति यसका सरोरकारवाहरुसँग छलफल र बहस जरुरी भएको बस्नेतले बताउनुभयो । उहाँले मन्त्रालयले कमसेकम उपत्यका र सिन्धुपाल्चोकका माननीय सांसदहरु र सरोकारवालाहरुबीच एउटा बहस र छलफल गर्दा त्यसबाट पनि सकारात्मक निष्कर्ष निकाल्ने सकिने बताउनुभयो ।

बस्नेतको प्रश्नको जवाफमा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले स्वभाविक रुपमा भक्तपुरको महादेव खोला र साँगामा निर्माण हुँदै गरेको ड्याम निर्माण कार्यमा बस्नेतले विशेष पहल गर्नुभएको बताउनुभयो । मन्त्री मगरले भन्नुभयो, ‘यदि मेलम्चीको टनेलमा कुनै प्राविधिक कठिनाइ आयो भने त्यसको विकल्पको रुपमा महादेव खोला र साँगाको आयोजनाका बारेमा माननीय महेश बस्नेतले विशेष पहल गर्नुभएको छ । यसमा हामीले छलफल गरी अर्थमन्त्रालयमा यो बिषय पु¥याएका छौं ।’ 

मन्त्री मगरले मेलम्ची खानेपानीको पाइपलाइन निर्माण गर्दा विग्रिएको बाटो छिटो भन्दा छिटो निर्माण गर्ने बताउनुभयो ।