निर्देशनअनुसार काम नगरेकाले सचिवको सरुवा गरेको हुँः खानेपानी मन्त्री मगर

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ फाल्गुन १०, शुक्रबार


काठमाडौं । खानेपानीमन्त्री विना मगरले सीएमसी पुनः आए मेलम्ची खानेपानी आयोजनाको काम छिटो हुने बताउनुभएको छ । 

प्रनिनिधीसभाको आजको बैठकमा सांसदहरुको उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मगरले आयोजनाको काम छिटो गर्न सिएमसीलाईनै ल्याउने प्रयास जारी भइरहेको स्पष्ट पार्नुभयो ।

मेलम्ची आफ्नो व्यक्तिगत सफलतासँग जोडिएको विषय पनि भएकाले यसलाई सफल पार्न आफु निरन्तर लागीपरेको बताउनुभयो । 

साथै उहाँले सचिव आफ्नो निर्देशनअनुसार काम नगरेकाले सरुवा गरेको स्पष्ट पार्नुभएको छ ।