२२ जना फायर फाइटर्स दिक्षित

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ फाल्गुन २९, बुधबार


ललितपुर । नेपालमा निजी क्षेत्रबाट सञ्चालित पहिलो फायर फाइटर्स स्कुल हिमालयन एन्स्टिच्युट अफ फायर एन्ड एमरजेन्सि सर्भिसेस (हाईफेस)बाट दिक्षित प्रशिक्षार्थीहरुका निम्ति पहिलो दिक्षान्त समारोह आज सम्पन्न भएको छ । 

लालितपुरको बालकुमारिमा आयोजित समारोहमा फायर फाइटर लेभल वान (गोरखा फ्रन्टलाइनर्स) कोर्स पूरा गरेका २२ जना फायर फाइटर्स दिक्षित भएका छन् ।

समारोहमा हाईफेसका अध्यक्ष सुसील राउतले सर्टिफिकेट प्रदान गर्दै दिक्षित विद्यार्थीहरुलाई शुभकामना दिनुभयो । 

कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष सुशील राउतले काभ्रेपलाञ्चोकको पाँचखालमा अब चाडै अन्तर्राष्ट्रिय स्तरको फायर फाइटिङ्ग सेन्टर गोरखा फ्रन्टलाइनर्सको स्थापना गर्न लागिएको जानकारी गराउनुभयो । नेपालमा मात्र नभएर हाइसेफले अफगानिस्थान लगायत विश्वभरनै टेवा पु¥याउने लक्ष लिएको उहाँको भनाई छ । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेस्क्यु एसोसियशनका ब्रिगेडर जर्नल धमेन्द्र्रविक्रम शाहले नेपालमा साहसिक रुपमा प्राइबेट सेक्टरमा हाईसेफ स्थापना गरी उत्कृष्ट विद्यार्थी उत्पादन गर्न देशलाईनै टेवा पु¥याउनु गर्भको कुरा भएको उल्लेख गर्नुभयो ।

यस्तै समारोहमा हाइफेसका अन्तर्राष्ट्रिय परामर्शदाता साउथ अरेबियाका हेड अफ अल अपरेसनका मेनेजर डेभिड मेल्कसले हाइफेसको स्थापना नेपालको लागि अत्यन्त ठूलो उपलब्धी भएको बताउनुभयो । 

आकस्मिक आगलागीबाट हुने क्षति नियन्त्रणको लागि सन् २०१८मा स्थापना भएको हाइसेफले नेपालभर आगलागीबाट हुने क्षती कम गर्नको लागि आवश्यक  फायर फाइटर्सको उत्पादन गर्ने जनाएको छ । यसले नेपालको लागि फायर  फाइटर्स उत्पादन गर्दै रोजगारी समेत सिर्जना गर्ने कार्यक्रममा बताइएको थियो ।