विस्केट जात्राको लागि धिमाय र भुस्या प्रदान

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ चैत्र २५, सोमबार


भक्तपुर । सूर्यविनायक नगरपालिका २ बालकोट स्थित बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि.ले बिस्केट जात्राको संरक्षण गर्ने उद्देश्यले जात्राका लागि अत्यावश्यक बाजा प्रदान गरेको छ । 

बालकोटको बालविनायक बिस्केट जात्रा एवं बालविनायक धिमे खलःलाई जात्रामा अत्यावश्यक पर्ने नेवारी बाजा धिमाय र भुस्या प्रदान गरेको संसथाका शिक्षा समिति संयोजक रबि श्रेष्ठले जानकारी दिनुभयो । आउँदो बैशाख १ गते बालकोटमा मनाईने विस्केट जात्रामा बाजा बजाउँदै टोल परिक्रमा गर्ने संस्कृति र परम्परालाई जोगाउन संस्थाले बाजा प्रदान गरेको श्रेष्ठले बताउनुभयो ।

जात्रामा युवा वर्गको आकर्षण बढाउन संस्थाले २०७४ र २०७५ सालमा मध्यपुरथिमिको लायकू धिमे खलः लाई दुई थान धिमे र एक थान भुस्या बाजा प्रदान गरिसकेको छ ।