सूर्यविनायक १ मा पुनः बर्ड फ्लू पुष्टी 

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ चैत्र २६, मंगलबार


भक्तपुर । भक्तपुरको सूर्यविनायक वडा नं. १ दधिकोट स्थित अनुस्कृत कुखुरा फर्ममा रहेको ब्रोइलर कुखुरामा बर्ड फ्लू पुष्टी भएको छ । 

फर्ममा रहेका कुुखुरामा एच.वान.एन. वान बर्डफ्लुको भाइरस पुष्टी भएपछि पशु सेवा विभागका प्राविधिक टोलीले स्थानीय जनप्रतिनिधि, प्रशासनको रोहबरमा १ हजार ३ सय ७५ कुखुरा नष्ट गरिएको फर्म सञ्चालक मधुराम न्यौपानेले जानकारी दिनुभयो । 

बर्ड फ्लू संक्रमित क्षेत्रको चार किल्लाभित्र कुखुरा नष्ट गरी खाडलमा पुरिएको छ भने खाली खोरलाई संक्रमणमुक्त बनाएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम गरिएको छ । 

यसअघि गत बुधबार सोही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फर्ममा पनि बर्ड फ्लू पुष्टी भएपछि २ हजार ९ सय ८५ लेयर्स कुखुरा नष्ट गरिएको थियो ।