लुक्लामा विमान दुर्घटना, ३ जनाको मत्यु

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ बैशाख १, आईतबार



काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा ३ जनाको मत्युभएको छ । दुईजना घाइते छन् । दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पतालमा ल्याइर्पुयाउँदा मृत्युभएको हो  । 

दुर्घटनामा विमानका सहचालक शेरा ढुंगाना र प्रहरी सहायक निरीक्षकद्वय  रामबहादुर खड्का तथा रुद्रबहादुर श्रेष्ठको मृत्युभएको छ । ढुंगाना र खड्काको घटनास्थलमै मृत्युभएको थियो भने श्रेष्ठको उद्धार गरि उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पतालमा ल्याएपछि मुत्युभएको हो  ।

घाइते दुईजना चेतबहादुर गुरुङ र शरद खड्काको उपचार भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ । समिट एयरको विमान उडान भर्ने क्रममा मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको हो ।  बिहान समिट एयरको ९ एन–एएमएच विमान मनाङ्ग एयरको हेलिकप्टर ९ एन–एएलसीसँग ठोक्किएको हो । उडान भर्ने क्रममा विमान हेलिकप्टरसँग ठोक्किएपछि आगो लागेको थियो । विमान धावन मार्गमा चिप्लिएर हेलिकप्टरमा ठोक्किन पुगेको हो ।