आउँदो शनिवार भक्तपुरमा नवदुर्गा पूजा र नाच हुने

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ बैशाख १, आईतबार


भक्तपुर । भक्तपुर उद्योग बाणिज्य संघले आफ्नो स्वर्ण जयन्तीका अवसर पारेर आउँदो शनिवार श्री नवदुर्गा पूजा एवं नाच सहितको (द्यो बोयकेगु) आयोजना गर्ने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतित्थ्यतामा आयोजना हुने उक्त समारोहमा भक्तपुरको मौलिक उत्पादनहरुको नमूना प्रस्तुती समेत गरिने भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले जानकारी दिनुभयो । 

सम्पूर्ण नेपालीहरुको आस्था रहेको श्री नवदुर्गा भवानीको पूजामा प्रसाद वितरण हुने उक्त समारोहमा श्री नवदुर्गा भवानीको नाच समेत प्रस्तुत गरिने नेपाल उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष कृष्णप्रसाद ताम्राकार बताउनुभयो । 

पूजा यही बैशाख ७ गते शनिवार दिउँसो २ बजे भक्तपुर दरवार स्क्वायर, जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा आयोजना हुने बताइएको छ । 

भक्तपुरमा मात्र आयोजना हुने नवदुर्गा नाचको ऐतिहासिक र धार्मिक महत्व रहेको छ ।