२०७८ जेठ ०४ मंगलबार

नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा सुरजवीर बज्राचार्य

नेवाः पत्रकार राष्ट्रिय दबूको तेस्रो राष्ट्रिय महाधिवेशनले सुरजवीर बज्राचार्यलाई अध्यक्ष पदमा सर्वसम्मत छनोट गरेको छ । देशभरका नेवार पत्रकारहरुको साझा संगठन दबूमा उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, रचना श्रेष्ठ र संदिप श्रेष्ठ छानिए । उपाध्यक्षको लागि वरियताक्रममा नृपेन्द्रलाल श्रेष्ठलाई सबसे अगाडि राख्ने भद्र सहमति गरिएको हो ।
महासचिवमा सुनिल महर्जन, सचिवमा केके मानन्धर, कोषाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, सह–सचिवमा राजु नापित र प्रेरणा शाक्य तथा सह–कोषाध्यक्षमा बाबुकाजी साःछेँ श्रेष्ठ सर्वसम्मत भए । त्यस्तै, सदस्यहरुमा नविन जोशी, विजयराम कर्माचार्य, भाइकाजी महर्जन, विगेन तुलाधर, हसना लवजु, विराजकाजी राजोपाध्याय, प्रजित शाक्य, अनुप प्रधान, श्याम तण्डुकार, तेजनारायण महर्जन, पूर्णभक्त दुवाल, विनय प्रधान, रुवि श्रेष्ठ, सुनिता महर्जन, मीना बज्राचार्य, अनिता डंगोल र निशा श्रेष्ठ छन् । गण्डकी प्रदेशको संयोजकमा गोर्खाका उत्तम श्रेष्ठ तथा प्रदेश नं. १ मा सुनसरीका भोजराज श्रेष्ठलाई छनोट गरिएको छ । निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जन विधानतः सल्लाहकार तथा पदेन कार्यसमिति सदस्य बनेका छन् ।