२०७८ असोज ०१ शुक्रबार

विद्यार्थीको साँस्कृतिक कार्यक्रम

भक्तपुर । भक्तपुरको एभरेष्ट इगलिश स्कलका ससाना विद्यार्थीले विभिन्न साँंस्कृतिक कार्यक्रम प्रस्तुत गरेर मनोरञ्जन दिलाएका छन् । स्कुलको एक्स्टा एक्टिभिटिज करिकुलम अवार्ड डिष्टिव्युशन तथा वार्षिक कल्चरल कार्यक्रममा स्कुलका विद्यार्थीले गीत, नृत्य प्रस्तुत गरेका थिए । उनीहरुले विभिन्न जातजाति भाषाभाषिले गीत तथा नृत्य उनीहरुकै पोशाकमा प्रस्तुत गरेका थिए । साथै विद्यार्थीले गीत, नृत्यका अलावा जिम्याष्टिक, योग पनि प्रस्तुत गरेका थिए । विद्यार्थीका प्रस्तुति देखेर उनका अभिभावक, शिक्षक तथा विद्यार्थी मख्ख परेका थिए । कार्यक्रममा स्कुलका  कक्षादेखि   कक्षासम्मका   जना विद्यार्थी सहभागी रहेका थिए । 

कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाई भक्तपुरका प्रमुख प्रेमनाथ पोखरेल, स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीलगायतले कितावी ज्ञानका अतिरिक्त विद्यार्थीलाई अन्य ज्ञान पनि आवश्यक भएकोमा चर्चा गरे ।