२०७८ मंसिर २१ मंगलबार

शुभश्री सहकारीको १२ औं साधारण सभा

सागर गुरागाई

काठमाण्डौ । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ शंखधरचोकस्थित शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बा¥हौ वार्षिक साधारण सभा सम्पन्न भयो । 

संस्थाका उपाध्यक्ष श्याम सुन्दर कायष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ३ का साँसद डा. राजेन्द्रमान श्रेष्ठले उद्घाटन गर्दै सहकारीको संघीय ऐनसँग मिल्नेगरी प्रदेश र स्थानीय तहको ऐन बनाउनुपर्ने बताउनभयो ।

प्रमुख अतिथि डा. श्रेष्ठले खेलाडी, जेष्ठ शेयर सदस्य, बाल बचत कर्ता अनि एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गरेर शुभश्री साकोसले प्रशंसनीय कार्य गरेको बताउनु भयो । 

प्रदेश सरकारको तर्फबाट मध्यपुर थिमिमा आएको विकास बजेटबारे जानकारी दिदैं प्रमुख अतिथि श्रेष्ठले सामाजिक कार्यक्रममा पनि शुभश्री सहकारीको भूमिका प्रशंसनीय रहेको धारणा राख्नुभयो ।

संस्थाका उपाध्यक्ष श्याम सुन्दर कायष्ठले वार्षिक प्रतिवेदन पेश गर्दै शेयर सदस्य २५ सय ६० र शेयर पुँजी ४ करोड ४३ लाख १ हजार ५ सय रुपैंया पुगेको जानकारी दिनुभयो । 

संस्थाका सचिव काशीभक्त कायष्ठले संचालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष रत्नमान श्रेष्ठले, सञ्चालक तुल्सीमान श्रेष्ठ, सञ्चालक रत्नसुन्दर कायष्ठ लगायतले संस्थाका गतिविधिबारे जानकारी दिनुभयो ।

कार्यक्रममा मध्यपुर थिमि नपा वडा नम्बर ४ का वडाध्यक्ष कुमार श्रेष्ठल भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णगोविन्द लाखाजु बालकुमारी साकोस थिमिका अध्यक्ष तुईलाल श्रेष्ठ जिल्ला सहकारी संघ भक्तपुरकी सुलोचना दुवाल, नेप्mस्कुनमा जनक खत्री लगायतका अतिथि वक्ताहरुले शुभश्री साकोसले सामाजिक, साँस्कृतिक, शैक्षिक, खेलकुदको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा १३ औं सागमा २ वटा स्वर्ण पदक बिजेता संस्थाका सदस्य खेलाडी मण्डेकाजी श्रेष्ठलाई नगद सहित विशेष सम्मान गरिएको थियो ।