२०७८ मंसिर २१ मंगलबार

चमेलीको जेष्ठ नागरिकलाई तिर्थाटन कार्यक्रम

भक्तपुर । ६४ औं शहकारी दिवसका अवसरमा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर १ स्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संंस्थाले ६० बर्ष पूरा गरेका आफ्ना जेष्ठ सदस्यहरुलाई सिन्धूलीस्थित कुशेश्वर महादेवको तिर्थाटन गराएको छ । 

सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्ने क्रममा संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा १३८ जना जेष्ठ नागरिकहरुको सहभागिता रहेको संस्थाका सञ्चालक समिति सदस्य एवं शिक्षा उपसमितिका संयोजक दीपक न्यौपानेले जानकारी दिनुभयो ।