२०७८ जेठ ०४ मंगलबार

एपिएफको ललितपुर मेयर कप महिला क्रिकेटमा लगातार दोस्रो जित

ललितपुर । विभागीय टोली एपिएफले राजधानीमा जारी ललितपुर मेयर कप क्रिकेटमा लगातार दोस्रो जित निकाल्दा ललितपुर मेयर–११ ले पहिलो जित निकालेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो । एपीएफले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभरमा अलआउट हुँदै ९० रनमा समेटिएको थियो ।