२०७८ असोज ०१ शुक्रबार

बहुमतको प्रधानमन्त्री नियुक्तिको समय सकियो, कुनै दलको दाबी परेन

दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त नयाँ प्रधानमन्त्रीको दाबी पेश गर्न दिइएको समय बिहीबार राति ९ बजे सकिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार रातिसम्म बहुमतीय सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन्। सो समय समाप्त भएको व्यहोरा राष्ट्रपतिको कार्यालयले बिहीबार राति नै अवगत गराएको छ। भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन्। यो समय सकिएसँगै प्रधानमन्त्रीमा पुन: केपी ओलीकै निरन्तरता कायम रहने भएको छ। प्रतिनिधिसभामा अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीको विकल्पमा बहुमतको नयाँ प्रधानमन्त्री नियुक्ति गर्न आह्वान गरिएको थियो।