२०७८ मंसिर २१ मंगलबार

एमालेको ओली-नेपाल पक्षबीच आज छलफल हुने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र नेता माधवकुमार नेपाल पक्षका नेताबीच आज छलफल हुने भएको छ। पार्टीभित्र देखिएका विवाद समाधानका लागि दुई पक्षका नेताबीच कुराकानी हुन लागेको हो। प्रधानमन्त्रीसमेत रहेका ओली र नेपालबीच बिहीबार चपलीहाइटस्थित रामेश्वर थापाको निवासमा छलफल भएको थियो।  नेपाल पक्षका एक नेताले दिएको जानकारीअनुसार पार्टीभित्र देखिएका विवाद समाधान गर्नेबारे आज छलफल गर्न लागिएको हो।  ओली र नेपालबीच बिहीबार भएको छलफल सकरात्मक भएको नेताहरूले प्रतिक्रिया दिइरहेका छन्। विवाद समाधानका लागि एक कार्यदल बनाएर जाने विषयमा उनीहरूबीच छलफल भएको थियो। नेपाल पक्षका नेताहरू शुक्रबार दिउँसो भर्चुअल माध्यमबाट बैठक बसिरहेका छन्। ओलीसँग भएका कुराकानीबारे नेपालले आफू पक्षका नेतालाई ब्रिफिङ गर्ने तयारी छ। ओली पक्षका नेताहरू भने शितल निवासमा छन्। प्रधानमन्त्री ओली र मन्त्रीहरूले राष्ट्रपतिबाट सपथ लिने कार्यक्रम छ।