२०७८ मंसिर २१ मंगलबार

ओलीसँगको छलफलबारे नेपालले आफू पक्षीय नेताहरूलाई ब्रिफिङ गर्दै

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफूनिकट नेताको बैठक बोलाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार वरिष्ठ नेता नेपालले गरेको छलफलबारे ब्रिफिङ गर्न बैठक बोलाइएको खनाल-नेपाल समूहका एक नेताले सेतोपाटीलाई बताए। खनाल-नेपाल समूहले बोलाएको जुम बैठकमा उक्त समूहका केन्द्रीय सदस्य सहभागी हुँदैछन्। पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेर फुटको संघारमा पुगेका बेला बिहीबार ओली र नेपालबीच चार घन्टा लामो छलफल भएको थियो। उक्त छलफलपछि एमालेको विभाजन तत्काललाई टरेको छ।