चर्चित हाँस्यकलाकार मनोज गजुरेको पूर्व पत्नी मिना ढकालले अब चलचित्र निर्माण गर्ने भएकी छिन् । केही महिना अघि मनोजसँगको २२ वर्षीय वैवाहिक सम्बन्ध छौडदै मिनाले डिभोर्स दिएकी थिइन् । डिभोर्स भएलगतै मिनाले आफ्ना गीतहरू पनि सार्वजनिक गरिसकेकी छिन् । यति बेला भने उनी चलचित्र निर्माण गर्ने भएकी हुन् । उनले करिब १ करोडको लगानीमा आर्यन शर्मासँग मिलेर चलचित्र बनाउने खबर बाहिरिएको छ । नारीप्रधान चलचित्रमा मिनाको मुख्य भूमिका रहने छ । चलचित्रको नाम तय नभए पनि हार्ट अट्याक हुन सक्ने बताइएको छ । इलाम, दार्जेलिङ आसपासको स्थानमा छायाङ्कन हुने चलचित्रका लागी नयाँ नायक र नायिकाको खोजी भइरहेको बताइएको छ । चलचित्रमा कथा  र निर्देशन आर्यन शर्माको रहने छ ।