२०७८ जेठ ०४ मंगलबार

सांसद बस्नेतको प्रेस सल्लाहकारमा थापा नियुक्त

भक्तपुर । प्रतिनिधि सभा भक्तपुर क्षेत्र नम्बर २ का सदस्य माननीय महेश बस्नेतका प्रेस सल्लाहकारमा  ‘अनन्त सन्देश’ राष्ट्रिय साप्ताहिकका सम्पादक विमल थापा नियुक्त हुनुभएको छ ।
सांसद बस्नेतको निजी सचिवालयबाट जारी विज्ञप्ति अनुसार थापाको नियुक्तिसँगै निजी सचिवालयसँग सम्बन्धित प्रेस र सञ्चार क्षेत्रका गतिविधिरुहरुलाई प्रभावकारी रुपमा सम्प्रेषण गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
विगत २० बर्षदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील थापा हाल रेडियो, टेलिभिजन र भक्तपुरबाट प्रकाशित हुने राष्ट्रिय साप्ताहिक ‘अनन्त सन्देश’ र अनलाइन पत्रिका ‘अनन्त सन्देश डटकम’का सम्पादक समेत हुनुहुृन्छ ।
त्यसैगरी सांसद बस्नेतका सूचना प्रविधि सल्लाहकारका रुपमा दिपेश खड्का नियुक्त हुनुभएको छ । लामो समयदेखि सूचना, प्रविधिका क्षेत्रमा क्रियाशील खड्का सूचना प्रविधि विज्ञ हुनुहुन्छ ।

यस्तै, बस्नेतका जनसम्पर्क सल्लाहकारमा चन्दनकृष्ण श्रेष्ठ र विकास तथा योजना सल्लाहकारमा अर्जुन खतिवडा नियुक्त हुनुभएको छ ।