२०७८ मंसिर २१ मंगलबार

बहुभाषी चलचित्र हिमआँधीको छायांकन रोकियो

बहुभाषी चलचित्र हिमआँधीको छायांकन रोकिएको छ । नेपालभाषाको कृति “जि वयाला लच्छि मदुनि”लाई आधार बनाएर नेपाली, नेपालभाषा, अंग्रेजी तथा चिनियाँ भाषामा एकैसाथ बनिरहेको चलचित्रको छायांकन रोकिएको हो । युवा निर्देशक प्रदीप खड्गीको सवारी दुर्घटना भएकोले केहि समयको लागि सुटिङ प्याक अप गरिएको छ ।