२०७८ जेठ ०४ मंगलबार

निःशुल्क स्वास्थ्य शिविर

 मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ शंखधर पार्टी प्यालेसमा ५ दिने निःशुल्क स्वास्थ्य शिविर हुँदैछ । सप्तकौशिका बचत तथा ऋण सकारी संस्था लिमिटेडको आयोजना र बालकुमारी योग साधनाकेन्द्रको व्यवस्थापनमा साउन २६ गतेदेखि ५ दिन दैनिक बिहान ५ बजेदेखि ७ बजेसम्म उच्च रक्तचाप, मधुमेह, थाइराइड लगायतको निःशुल्क स्वास्थ्य परिक्षण गरिने सप्तकौशिका साकोसका अध्यक्ष राजभक्त श्रेष्ठले जानकारी दिनुभयो । उक्त स्वास्थ्य शिविरमा पतंंजली योगपिठ नेपाल प्रदेश नं. ३ का संयोजक ग्रोवेन तौजलले स्वास्थ्य सचेतना सम्बन्धी प्रशिक्षण समेत दिने कार्यक्रम रहेको  बालकुमारी योग साधना केन्द्र संयोजक तुल्सीकृष्ण श्रेष्ठले जानकारी दिनु भयो । शारीरिकि एवं मानसिक स्वास्थ्य हाम्रो जीवनको प्रमुख चासो भएकोले आर्थिक कारोबार गर्ने संस्थाले सामाजिक जनउत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको सप्तकौशिका साकोसका अध्यक्ष श्रेष्ठले बताउनु भयो । उक्त निःशुल्क स्वास्थ्य शिविरमा उपस्थित भइ आफ्नो स्वास्थ्य परिक्षण गर्न पनि आयोजकले सबै स्थानीय बासिन्दाहरुलाई अनुरोध गरेको छ ।