२०७८ जेठ ०४ मंगलबार

सूर्यविनायकका अधिकांश मासु पसल गुणस्तरहीन

भक्तपुर । सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिंगा भन्केका, गहाउने र गुणस्तरहिन मासु बिक्री बितरण भइरहेको पाईएको छ ।
सूर्यविनायक नगरपालिकाले सूर्यविनायक देखि सल्लाघारीसम्म रहेको मासु पसलको अनुगमन गर्दा अधिकांश मासु पसल अत्यन्तै फोहोर, हरियो झिंगा भन्केको, गन्हाउने र खान योग्य नभएको मासु बिक्री गरेको पाइएको हो ।

नगरपालिकाका उपप्रमुख जुना बस्नेतको नेतृत्वमा बजार अनुगमन शाखा, स्वास्थ्य शाखाका कर्मचारी, नगर प्रहरी र संचारकर्मी सहित कर्मचारीको टोलीले बजार अनुगमन गरेको हो ।
अनुगमनको क्रममा अधिकांश मासु पसल नगरपालिकामा दर्ता नभएको, मूल्य सूची नराखिएको, साईन बोर्ड नभएको, बिक्री बिल नभएको, कुखुरा र राँगाको मासु एउटै फ्रिजमा राखिएको, नाप तौल बिगारेको, सिसि प्रयोग नभएको, एप्रोनको प्रयोग नगरिएको र खान योग्न नभएको मासु बिक्रीमा राखिएको पाईएको छ ।

अनुगमनका क्रममा फ्रेस मिट कर्नरमा राँगोको मासु अव्यबस्थित, फोहोर र झिंगा भन्किएको मासु बिक्री गरिरहेको पाईएको छ । यसमा राँगोको टाउँको, खुट्टा, भुडी, यत्रतत्र भुई मै छरेर राखेको, अन्य मासुहरु फोहोर ठाउँ मै राखेर बिक्री गरेको र गहाउने मासु समेत बिक्री गरेको पाईएको छ ।