२०७८ जेठ २९ शनिबार

हेटौंडा नगरको प्रसिद्ध देवी भूटनदेवी मन्दिर

मकवानपुर जिल्ला हेटौडा उप–महानगरपानिका वडा नं. १० मा भूटनदेवी मन्दिर रहेको छ । यो स्थान हेटौडा बजारको मूख्य स्थान पनि हो । नेपाली मन्दिर छाना शैलीमा निर्मित यो मन्दिर आकर्षक रहेको छ । हालको मन्दिर वन्नु भन्दा पहिले सो स्थानमा सामान्य मन्दिर मात्र रहेको थियो । यो मन्दिर वि.सं. २०६० सालमा निर्माण कार्य सम्पन्न भएको थियो ।मन्दिरमा जानको लागि हेटौडाको बुद्ध चोकबाट केही दक्षिण तर्फ राजमार्गको बाटो जानु पर्दछ । त्यसपछि केही पश्चिम तर्पm जादा मन्दिर परिसर पुगिन्छ ।