२०७८ जेठ ३० आइतबार

तत्कालीन ऐतिहासिक नाकाको रुपमा प्रसिद्धी पाएको भीमफेदी शहरको भीमसेन मन्दिर

भीमफेदीको भीमसेन मन्दिर मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका वडा नं. ६ मा अवस्थित छ । यो मकवानपुर जिल्लाको तत्कालीन सदरमुकाम पनि हो । हाल जिल्ला सदरमुकाम हेटौडा रहेको छ । भीमसेनको मन्दिर भीमफेदी बजारको मुख्य सडकसँग जोडिएको छ । पहिले यो मन्दिर भीमफेदीको पारी बजार थियो । वि.सं. २०३२ सालमा पारी बजारमा वाढी पहिरोले क्षेती पु¥याएपछि यस स्थानमा सारेको बताइन्छ । 
    मन्दिरको वाहिरी वनौट मण्डपकार शैलीमा रहेको छ । मूलद्वारको द्वार र तोरण धातुपाताको कलात्मक बुट्टा युक्त रहेका छन् । यसका दायाँ वायाँ सामान्य ढोकाहरु छन् ।द्वारपालको रुपमा धातुका सिंह मूर्तिहरु पनि स्थापित छन् । मूलद्वारको माथि एक जोडा सिंहका मूर्तिहरु आकर्षक रुपमा रहेका छन् । मन्दिरको दायाँ गणेशको मूर्ति र वायाँ भगवतीको मूर्ति स्थापित छन् ।