२०७८ असोज ०१ शुक्रबार

शैक्षिक भ्रमणको एक सम्झनामा

मिति २०७२–८–२९ गते आइतबारको दिन थियो । हामी सदाझै गुरुले पढाएको पाठ ध्यानपूर्वक कक्षाकोठामा पढिरहेकै थियौं । अचानक हाम्रो विद्यालयका प्राचार्य सरले शैक्षिक भ्रमणका निम्ति इलाम लैजाने कुराको जानकारी गराउन सूचना लिएर आउनुभयो । जुन सुन्नासाथ मेरा खुट्टाहरु भुँइमा नाच्न थाले । मनमा उत्साह र उमङ्गले जिउनै फुरुङ्ग भयो । इलामको उक्त पर्यटकिय स्थानको चर्चाले सबै तिर छाइसकेको थियो । नपुगेकालाई पनि त्यहाँ पुग्ने अत्भूत इच्छा जगाइसकेको थियो । शैक्षिक भ्रमणको उक्त केन्द्रको बारेमा चर्चा नगर्ने विद्यार्थीहरु सायदै पाइन्थे । जसले गर्दा मलाई पनि त्यहि पुगी त्यो प्रकृतिको अपार भण्डारको दृष्यअवलोकन गर्ने कौतुहलताले सिमा नाघिसकेको थियो । म पनि त्यस दिनदेखि इलाम जाने सपना मनमा सजाउन थालेको थिएँ । मेरो मनमा खुसीको कुनै सिमा रहेन । किनभने इलाम जस्तो ठाउँमा अरुले वर्णन गरेको सुन्दा नै जाऊजाऊ लाग्ने मलाई यो अवसर मेरै लागि प्राप्ति भएको जस्तो लाग्यो ।


गुरुबाट एक हप्ता अगाडि नै इलाम जाने जानकारी पाएकोले म त्यहाँजाने र त्यहाँको अपार प्राकृतिक सौन्दर्यताको गहिरो सागरमा चुर्लम्म डुब्ने अनेक सपना सजाउन थाल्दा लाल्दै र कल्पनामा दुब्दादुब्दै म आफैमा हराइसकेको रहेछु । त्यतिकैमा स्कुल छुटीको घण्टी टिङ्ग गरेको आवाजले मलाई झस्याङ्ग बनायो । यसरी त्यस दिनको विद्यालयको छुट्टीपछि म इलाम जाने अनेक सपनाबुन्दै अनेक कोतुहलता लिएर घर फर्किएँ । त्यो अपार खुसीको बिचमा पनि म मा अलीअली डर र नीरासाले सताइरहेको थियो । किनकी मलाई घरबाट उक्त भ्रमणमा जानआदेश नदिने हो किभन्ने कुराको सम्भावनाले पनि उत्तिकै पिरोल्न थालिसकेको थियो । नभन्दै मनमा अनेक कौतुहलता र प्रश्न उब्जाउँदै घर पुगीसकेकी म, पुग्नेवित्तिकै मेरी दिदीलाई शैक्षिक भ्रमणका बारेमा जानकारी गराएँ र दिदीबाट जाउ भन्ने कुराको अनुमति पनि पाएँ । तर पनि मनमा अझै डर र चिन्ता हटिसकेको थिएन किनकी शैक्षिक भ्रमण जाने कुराको अनुमति दिदीबाट मात्र भएर कदापि हुँदैनथ्यो । म आमा र बाबाले मेरो यो कुरामा सहमत जनाउनु हुन् भन्ने आशाका साथ पर्खिएर बसिरहेकै थिएँ । नभन्दै मेरो आमाबुवा पनि आइपुग्नुभयो र मैले सबैभन्दा पहिले आमालाई निर्धक्क र खुसीका साथ शैक्षिक भ्रमणका निम्ति इलामको कन्याम लाने कुराको जानकारी गराएँ । उक्त कुरा सुन्ना साथ आमाले बावालाई सोध भनी जवाफ दिनुभयो र मैले बावालाई पनि उक्त कुरा सविस्तार सुनाएँ । तर मलाई जुन कुराले पिरोलीरहेको थियो, म जुन कुरा चाहँदैनथे, नतिजा त्यही आयो । बावाले मेरो यो कुरा सुन्नासाथ म संग रिसाएर जानुपर्दैन भन्नुभयो । किनकि त्यस समयमा मेरो SLC Exam नजिकिदै थियो । बावाको जवाफ सुन्नासाथ म छाँगोबाट खसे जस्तै भएकी थिएँ । मलाई मैले इलाम जान सजाएका सम्पूर्ण सपनाहरु आँधीबेरीले उडाएर लगेजस्तो महसुस भयो । तर मैले हिम्मत नहारी लगातार रुपमा बावासँग यो कुराको निम्ति जिद्दी गरिरहेँ । म यतिसम्म जिद्दी भएकी थिएकी, मैले दुई दिनसम्म खाना, पानी केही नखाई उपवास व्रत बसेजस्तै गरी बसेछु र लगातार रोइरहेका कारण म विरामी पनि परेछु । तर ममा उक्त भ्रमण जाने सपनाले छोडेको थिएन, म यतिसम्म जिद्दी भएकी थिएकी, म विरामी परेर थला पर्दासमेत मैले औषधि समेत पनि खाइनछु । जसका कारण मेरो स्वास्थ्य अवस्था दिनप्रतिदिन जोखिमपूर्ण बन्दै गइरहेको थियो । 


    मेरो यस्तो जिद्दीपूर्ण व्यवहार र क्रियाकलापको अगाडि बावाको केही चल्न सकेन । जसकाकारण उहाँबाट मलाई इलाम जान दिन कुराको जानकारी र अनुमति भयो । यो सुन्नासाथ म यति खुसी र सन्तुष्ट भएकी मलाई मेरो बावा भन्दा प्यारो व्यक्ति अरु कोही लागेन । त्यसपछि म त्यस भ्रमण का लागि तयारी हुनका लागि औषधि, खाना, पानी समय–समयमा खान खालेँ । नभन्दै शनिवार जाने भ्रमणको अघिल्लो दिन शुक्रवार आइपुग्यो । म एकदमै उत्साहित थिए, किनकी सायद त्यो दिन जस्तो खुसी फर्केर अब मेरो जीवनमा सायदै कमै मात्रामा पनि आउने थियो । म त्यसपछि पहिलाजस्तै स्वस्थ र निरोगी भएँ । मेरो लागि यो दिनजीवनकै महत्वपूर्ण र सम्झान योग्य दिन बन्न पुग्यो, जुन वितेको आज १ वर्षभइसकेछ । दिन हो, २०७४–९–१५ गते शनिवार । म यसरी शुक्रवार नै सम्पूर्ण तयारीका साथ बसेकी थिँए । मलाई त्यस रात एकै झम्को निन्द्रा पर्न सकेन, मलाई त्यो रात वर्षदिन भन्दा लामो लागिरहेको थियो । यसरी शैछिक भ्रमणजाने खुसी र सपना एकहप्ता अगाडि देखि नै सजाउँदै बसेको मैले ठूलो र दिक्क लाग्दो प्रतिक्षा पछि त्यस रात कटाएँ । 


बिहानको भाले बासेसँगै म पनि उठे र सम्पूर्ण तयारीका साथ हाम्रो निर्णयअनुसार नै म ठिक ७ः०० बजे विद्यालयमा पुगेकी थिएँ, त्यहाँ सम्पूर्ण साथी तथा शिक्षक मेरै प्रतिक्षामा बस्नु भएको रहेछ । यसरी म शिक्षकहरु तथा साथीहरुसँग भ्रमणमा जान लागेको थिएँ, जुन मेरो लागि पहिलो अविस्मरणीय क्षण थियो । नभन्दै हामी दिउँसोको ठिक १०ः०० बजे कन्याम पुग्यौं । जहाँको दृश्यहरुले आजसम्म पनि मरो मन मस्तिष्कमा छाप बनेर बस्न सफल भएका छन् । त्यस दिन मेरा आँखाले एक छिनपनि विश्राम लिन चाहेनन् किनकी म जहाँ हेर्थे त्यहीं सुन्दर प्राकृतिका भण्डारहरु र प्राकृतिक चियाबगान मात्रै देख्दथें । म त्यस दिन अत्यन्त आश्चर्य चकित पनि भइरहेकी थिएँ किनभने हाम्रो जस्तो सानो देश नेपालमा यस्तो मन्त्रमुग्ध बनाउने ठाउँहरु रहेछन्, जुन ठाउँमा घुम्न आउने पर्यटकहरुलाई मोहनी नै लगाउन सक्ने जादु रहेछ । यसरी कन्यामको प्राकृतिक वातावरणमा मोहित भएका हामी फोटोहरु आफ्नो ग्यालरीमा सम्झना स्वरुप कैद गर्दै कन्यामको उकालो तर्फ रहेको अर्को आकर्षक चिया वगानमा पुग्यौं । र हामी आँखाले भ्याउने जति सम्पूर्ण ठाउँको अवलोकन गर्न थाल्यौं । एकछिनपछि हामीलाई खानाखान जानु भन्ने सन्देश प्राप्तभयो, त्यसै अनुसार हामी दिउँसोको १२ बजे खाना खाईसकी पाथिभरा मन्दिर जो करीव ४०० मिटरको उचाईमा अवस्थित माताको दर्शन गर्नेतर्फ लाग्यौं । त्यसपछि हामी सबैजना आफ्नो मनको कामना पुरा गरिदिने भगवानलाई धन्यवाद ज्ञापन ग¥यौ, किनकी हामी आज उहाँकै कृपाबाट यस्तो सुन्दर, रमणीय, सालिन अनि शान्त वातावरण, सौन्दर्यका सम्पूर्ण छट्टाहरुले भरिएको ठाउँमा आइपुगेका थियौं । साँच्चिकै इलामको कन्याम प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ हो । जसको, आउने आन्तरिक वा वाह्य पर्यटकलाई नै मोहनी लगाउन सक्ने सामाथ्र्य र जादु रहेको छ ।


हामी यसरी पाथिभरा माताको दर्शन सकेर फेरि पुनः तल चियापान तर्फ नै झ¥यौं । झर्दा हाम्रो नास्ता तयारी रहेछ । सबैले नास्ता ग¥यौं । त्यसपछि हामी चिसो मौसमलाई न्यानो पार्न संगीत बजाएर झुम्न थाल्यौं । खानाका विभिन्न परिकारहरु पाकिरहेको थिए । गुरुहरुको न्यानो माया र साथीहरुको साथले फुरुङ्ग हुँदा लाग्यो बल्ल हिजोको मेरो सपना आज विपनामा साकार हुँदैछ । हामीले त्यस क्षणमा रमाइला खेलहरु पनि खेल्यौं, खेल खेल्दाका कयौं रमाईला किस्साहरुलाई मोबाइलको मेमोरीमा सुरक्षित राख्नपनि छुट्याएनौं । हामीले त्यो प्राकृतिक सुन्दरताको खानी कन्यामको अवलोकन गर्दा संसारलाई बिर्सिरहेका थियौं ।
समयले नेटो काट्न लागेको थियो । सबैजनालाई त्यो रमाइलो माहोलबाट छुट्टिएर फर्किने मन त थिएन नै तापनि बेलुकीको हाम्रो तयारी खाना खाएर पुनः हामी आ–आफ्नो बासस्थानतर्फ फर्कन गाडीतिर लाग्यौं । गाडीमा पनि हामीले दिवा समयको थकानलाई बिर्सेर रमाइलो गर्दै करिब साँझको ८ः०० बजेतिर म आफ्नो बासस्थानमा आइपुगें ।


घरमा आएर अभिभावकलाई त्यो ठाउँको वर्णन गरेर सुनाउँदा झन् दङ्ग पर्नुभयो । मेरो यस इलामको कल्याम चियाबगानका साथै पाथिभरा माताको दर्शनको शैक्षिक भ्रमणको संस्मरणात्मक यात्रा टुङ्ग्याउनु अघि म विद्यालयतथा मेरो परिवार प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट नगरी बस्न सक्दिन । आगामी हुने मेरा प्रत्येक शैक्षिकशत्रमा पनि यस्ता स्थलगत भ्रमण अवलोकन गर्न पाउने अवसर जुटोस् । अन्त्यमा सबैको मनको कामना पाथिभरा माताले पूरा गरिदिउन, मेरा लागि त्यो दिनको यात्राका अनगिन्ती पलहरु जीवनकै अविस्मरणीय पल बनेको छ र रहने पनि छ । जुनदिनलाई म चाहेर पनि भुल्न सकिरहेको छैन ।

शर्मा अरनिको उच्च मा.वि.,भक्तपुर कक्षा ११ मा अध्ययनरत छिन ।