२०७८ मंसिर २१ मंगलबार

बनेपा नगरपालिकाको अगुवाइमा हासिल भएका विशेषताहरुको सिंहावलोकन

बनेपा नगरपालिका
१. बृहत बनेपा नगरपालिका २०७५
सबैभन्दा पहिला वृहत बनेपा नगरपालिका घोषणा भएकोमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छौ । पहिलो पटक मनाउन शुरु गरिएको स्थापना दिवस भव्य रुपमा संचालन भएकोमा पनि हार्दिक बधाइ व्यक्त गर्दछौं । मल्लकालिन इतिहास बोकेको बनेपा राज्यको पुनसंरचना पछि फराकिलो बनेको छ । संरचनासँगै सोचहरु पनि फराकिलो भएका छन् । चण्डेश्वरी मन्दिर देखि उग्रचण्डी भगवत्ती, नगरकोट, आशापुरी, विकटेश्वर लगाएतका प्रख्यात मन्दिरहरु बनेपा नगरपालिका भित्र पर्दछ । उर्वर भूमि ऐतिहासिक स्थानहरुले घेरिएको बनेपामा बासुकी स्थानदेखि गोसाईस्थानसम्म पर्दछ । पहिले ११ वटा वडा भएको बनेपा नगरपालिका हालको अवस्थामा १४ वटा वडामा विभाजन भएको छ । क्षेत्रफलको आधारमा काभ्रे जिल्लाको यो सबै भन्दा कम जनसंख्या भएको नगरपालिका हो । नगरपालिकामा घर धुरी संख्या १२ हजार १०६ रहेको छ । हरेक वर्ष झण्डै ५ सयभन्दा धेरै घर धुरी बढिरहेको तथ्याङ्क छ । नगरपालिकामा २७ हजार ३ सय ५ पुरुष र २८ हजार ३ सय २३ महिला समेत गरी ५५ हजार ६ सय २८ जनसंख्या रहेको छ ।
२. बनेपा नगरपालिकाले सम्पादन गरेका महत्वपूर्ण कार्यहरु
२०७५ चैत्र १४ गते चेष्टा साप्ताहिकमा प्रकाशित विवरण अनुसार हालसम्म बनेपा नगरपालिकाले सम्पादन गरेका महत्वपूर्ण कार्यहरु निम्न अनुसार देखिन्छ ।
१. आन्तरिक आम्दानीको विकास र विस्तार ।
२. समाज कल्याण विकास र विस्तार ।
३. संघीयता कार्यक्रमका क्रममा प्राप्त जिम्मेवारीको विस्तार र विकास ।
४. शहरी सौन्दर्यकरणको प्रयास विस्तार र विकास ।
५. खानेपानीको व्यवस्थामा भएको प्रयास र विकास ।
६. कृषि विकासको प्रयास र प्रगति ।
७. विकास निर्माणको प्रगति र संरचना ।
८. स्वास्थ्य तर्फको प्रयास र प्रगति ।
९. शिक्षा विकासको पूर्ण विवरण र प्रगति ।
१०. सामाजिक सुरक्षा तथा निजी आवास पुनः निर्माणको प्रगति विवरण ।
११. पशुपंक्षी सेवा विकासको प्रयास र योजना ।
१२. राजपत्रमा प्रकाशित ऐन, कानून तथा कार्यविधिहरुको विस्तृत जानकारी ।
१३. न्यायिक समितिको कार्य विवरण प्रस्तुतिकरण ।
१४. हालसम्म भएका सूचना प्रविधिको विकास र प्रयासहरु ।